Kathmandu Press

कवि तारादेवीको ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण

पेज टर्नरले प्रकाशनमा ल्याएको पुस्तक एक कार्यक्रमबीच साहित्यकार डा. नवराज लम्साल, प्रतिक ढकाल, कवि मोमिला जोशी, कथाकार डा. अशोक थापा र लेखक तारादेवी सुनुवारले लोकार्पण गरे।
कवि तारादेवीको ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण

काठमाडौं, साउन ६ : कवि तारादेवी सुनुवारले जागिरे जीवनको क्रममा रोल्पा बस्दाको अनुभूती समेटेर तयार गरेको अनुभूतिहरुको संग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण गरिएको छ ।

महिला विकास कार्यालय रोल्पामा कार्यरत रहँदा गरेको ‘दैनिक डायरी’लाई ताराले पुस्तकको रुप दिएकी हुन्।

रोल्पाली दिदिबहिनीहरूसँगको बसाई र उनीहरुले भोगेको पीडा र त्यहाँको वास्तविकताले कृति तयार गर्न घच्घचाएको लेखक तारादेवीले बताइन्। पुस्तकमा ग्रामीण जीवनको सुन्दरता, द्वन्दकालीन परिवेश, पारिवारिक विरासत र दैनिक अनुभवहरु समेटिएको उनले जानकारी दिइन्।

Hardik ivf

तत्कालीन शसस्त्र युद्धको क्रममा रोल्पाका गाउँका कथाहरु पुस्तकमा छन्। २०७१ सालमा जागिरको सिलसिलामा सुनुवार रोल्पामा कार्यरत थिइन्।

नेपाली र सुनुवार भाषामा बराबर कलम चलाउँने तारा मुलतस् कवि हुन् । यसअघि नेपाली भाषामा कवितासंग्रह ‘परिस्थिति’, ‘अविरल’ तथा गजलसंग्रह ‘सम्झनाका फूलहरु’ प्रकाशित छन् । सुनुवार भाषामा ‘थुँ थ्यानी संग्रह ’, ‘देष् मपथु वोय’, कवितासंग्रह ‘सुया’ र गजलसंग्रह ‘झुल्पी फू’ प्रकाशित छन् ।

पेज टर्नरले प्रकाशनमा ल्याएको पुस्तक एक कार्यक्रमबीच साहित्यकार डा. नवराज लम्साल, प्रतिक ढकाल, कवि मोमिला जोशी, कथाकार डा. अशोक थापा र लेखक तारादेवी सुनुवारले लोकार्पण गरे।

डा. लम्सालले लेखक तारादेवी सुनुवारको लेखन शैलीको प्रशंसा गर्दै उनले पहिलो बलमा नै ‘छक्का प्रहार’ गरेको तर्क गरे। तत्कालीन शसस्त्र युद्धको बिषयबस्तु भएपनि विचमा बसेर लेख्न सकेको भन्दै उनले लेखाईमा कुनै कुण्ठा, आवेग, दुराशय, चिन्ता नरहेको बताए। जीवन्त रहेको उनको पुस्तक रोल्पा चिन्न चाहने सबैले पढ्नैपर्ने बताए।

साहित्यकार प्रतिक ढकालले आफ्नै बल र क्षमताले स्थापित भएका तारा यो कृति पछि धर्तीको तारा नभई आकाशको तारा भएको प्रतिकृया दिए।

कवि तथा निवन्धकार मोमिला जोशीले उत्कृष्ट कृति तयार भएको भन्दै देश बुझ्न प्रत्येक व्यक्तिले एकपटक पढ्नै पर्ने पुस्तक भएको बताइन्।

नेपाल सरकारका सहसचिव राजन पौडेलले तारामा ‘जब्बर र घामट’ चरित्र रहेको भन्दै चुपचाप जागिर खाएर मात्रै बस्ने सहुलियत छोडेर युद्धका अनुभूति लेखेर सबैलाई यसको अनुभूती गराएको बताए।

सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष रहेका गृह मन्त्रालयका उपसचिव अमरदिप सुनुवारले सशस्त्र द्वन्दको सचित्र व्याख्या पुस्तकले गरेको बताए।

कथाकार डा। अशोक थापाले ४० औं कथा बन्न सक्ने आख्यान अनुभूतिसंग्रहमा रहेको भन्दै आगामी दिनमा राम्रो आख्यानकार बन्न सक्ने बताए।
सुनुवार मूलतः कवि हुन् । उनी नेपाली र सुनुवार भाषामा बराबर कलम चलाउँछिन्।

यसअघि उनका नेपाली भाषामा कवितासङ्ग्रह ‘परिस्थिति’, ‘अविरल’ तथा गजलसङ्ग्रह ‘सम्झनाका फूलहरु’ प्रकाशित छन्। त्यस्तै, सुनुवार भाषामा ‘थुँ थ्यानी सङ्ग्रह’, ‘देष् मपथु वोय’, कवितासङ्ग्रह ‘सुया’ र गजलसङ्ग्रह ‘झुल्पी फू’ प्रकाशित छन् ।

प्रकाशित मिति: ११:४२ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्