यौनिक तथा लैङ्गिक अल्पसंख्यकले मनाए ‘इन्द्रेणी तीज’
‘हाम्रा परम्पराहरूलाई सम्मान गर्दै हाम्रा समुदायभित्रको विविधता र एकतालाई एकसाथ मनाऔं : रमाइलो, खानपान र उत्सवको मज्जा नछुट्टाऔं’ भन्ने नारासहित जम्मा भएका समुदायका व्यक्तिहरुले पहिचान र अधिकारका लागि पनि पर्वको महत्व रहेको बताए।-(5)-1725628744.jpg)
काठमाडौं, भदौ २१ : यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुले ‘इन्द्रेणी तीज’ मनाएका छन्।
ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा काठमाडौंको वालुवाटारमा आयोजित कार्यक्रममा उनीहरुले आफ्नो लैङ्गिक पहिचान खुलाएरै तीज पर्वमा रमाएका हुन्।
‘हाम्रा परम्पराहरूलाई सम्मान गर्दै हाम्रा समुदायभित्रको विविधता र एकतालाई एकसाथ मनाऔं : रमाइलो, खानपान र उत्सवको मज्जा नछुट्टाऔं’ भन्ने नारासहित जम्मा भएका समुदायका व्यक्तिहरुले पहिचान र अधिकारका लागि पनि पर्वको महत्व रहेको बताए।
-(3)-1725628745.jpg)
सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले दबिएर, हेपिएर र पिल्सिएर रहेका र यौनिक रुपमा अल्पसंख्यक समुदायहरु आफ्नो अधिकारका लागि खुल्ला रुपमा तीज पर्वमा सामेल भएको बताइन।
सो अवसरमा बेस्ट डान्स, बेस्ट ड्रेस, बेस्ट वाक जस्ता प्रतियोगिताहरुको आयोजना गरिएको थियो।
-(5)-1725628744.jpg)
प्रकाशित मिति: १९:०४ बजे, शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












