Kathmandu Press

रमजान अली मियाँको पुस्तक ‘नमाज’ सार्वजनिक

मुस्लिम धर्मावलम्बीहरुको नमाज परम्परामा आधारित रहेर यसअघि पनि पुस्तक लेखिसकेका कृतिकार मियाले यस पटकको कृतिमा भने नमाजबारे विस्तृत जानकारी समेटेका छन्।  
रमजान अली मियाँको पुस्तक ‘नमाज’ सार्वजनिक

कठमाडौं, भदौ २० : प्रोफेसर मोहम्मद रमजान अली मियाको पुस्तक ‘नमाज’  विमोचित भएको छ। आज एक समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले ‘नमाज’पुस्तकको लोर्कापण गरेका हुन्। 

पुस्तक लोकार्पण गर्दै अध्यक्ष दाहालले उक्त पुस्तक मुस्लिम धर्मावलम्बीहरुका लागि धेरै नै उपयोगी रहेको बताए। लेखक मियासँग आफ्नो पुरानो सम्वन्ध रहेको र उनमा सानैदेखि अदभुत लेखकीय क्षमता रहेको अध्यक्ष दाहालले बताए । 

Hardik ivf

मुस्लिम धर्मावलम्बीहरुको नमाज परम्परामा आधारित रहेर यसअघि पनि पुस्तक लेखिसकेका कृतिकार मियाले यस पटकको कृतिमा भने नमाजबारे विस्तृत जानकारी समेटेका छन्।  

कार्यक्रममा कतारका सफल नेपाली व्यवसायी तथा एनआरएनए अभियन्ता आरके शर्माले लेखक मियाँले कतारमा रहेर कतारको कानुन सम्वन्धी पुस्तक लेखिसकेको र उनमा लेखकीय क्षमता धेरै रहेको बताए। 

कतारमा रहेर कतार र नेपालको सम्वन्ध विस्तार तथा कतारमा रहेका नेपाली श्रमिकहरुको कानुनी र भाषिक सहजताका लागि धेरै काम गरेको बताउदै शर्माले मियाँको नयाँ कृति सफलताको कामना गरे।  

सानै उमेरदेखि नै लेख्न र पढ्न रुचाउने अलिको यो ४० औ कृति हो । २० बर्षको उमेरमै पहिलो कृतिको रुपमा आठ खण्डमा आधारित खुत्बात ए अली मियाँ नामक पुस्तक करीब ६००० पृष्ठको उर्दुमा प्रकाशित गरेका उनको उक्त पुस्तकको २५ औं  संस्करण प्रकाशित भैसकेको छ।

उर्दु, अरबी, अंग्रेजी र नेपाली गरि रमजानका हाल सम्म ४० वटा कृतिहरु प्रकाशित भैसकेका छन। उर्दु साहित्य, इस्लाम दर्शन, इतिहास, अरबी अनुवाद, अनुभव तथा विवेचना उहाँको लेखन रुची हो। अहिले पनि उहाँका दर्जनौ पुस्तक प्रकाशनको पाइपलाइनमा रहेका छन्। 

खाडी मुलुक कतारलाई कर्मथलो बनाएका मीया  अहिले कतार फाउन्डेसन, यु एस इन्टर ग्लोबल युनिभर्सिटी लगायत विभिन्न शैक्षिक केन्द्रको परियोजनामा गैह्र अरबी भाषीलाई अरबी भाषा पढाउने र असिस्टेन्ट प्रोफेसरको रुपमा कार्यरत छन्। उनी अहिले राष्ट्रिय मानव अधिकार आयोग कतारमा नेपाल संयोजक भएर काम गरिरहेका छन्। 

प्रकाशित मिति: १९:४६ बजे, बिहीबार, भदौ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्