पशुपतिमा तीजको रौनक [फाेटाे फिचर]
हरितालिका तीजमा हिन्दु महिलाहरू विवाहित भए पतिको सुस्वास्थ्य र दीर्घायु तथा असल सन्तानको कामना गर्दै र अविवाहित भए असल र सुयोग्य वर प्राप्तिको कामना गर्दै निराहार व्रत बस्ने गर्दछन्।![पशुपतिमा तीजको रौनक [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1725603270.jpg)
काठमाडाैं, भदाै २१ : आज भाद्र शुक्ल तृतीया अर्थात् हिन्दु महिलाहरूको विशेष पर्व हरितालिका तीज। आज बिहानैदेखि देशभरका शिवालयहरूमा व्रतालुको भिड लागेको छ। पशुपतिनाथको मन्दिरमा पनि भक्तजनको बाक्लो उपस्थिति देख्न सकिन्छ।
हरितालिका तीजमा हिन्दु महिलाहरू विवाहित भए पतिको सुस्वास्थ्य र दीर्घायु तथा असल सन्तानको कामना गर्दै र अविवाहित भए असल र सुयोग्य वर प्राप्तिको कामना गर्दै निराहार व्रत बस्ने गर्दछन्। व्रत बस्दा गाह्रो नहोस् भनेर अघिल्लो दिन दरका रूपमा मीठा र तागतिला खानेकुराहरू खाने प्रचलन पनि छ।
-1725603306.jpeg)
बिहानै उठेर नुहाइधुवाइ गरेर सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा जम्मा भएका महिलाहरू शिवको पूजापाठसँगै नाचगानसमेत गर्छन्। धेरैजसो महिला रातो पहिरनमा हुने भएकाले मन्दिर परिसर नै राताम्मे हुने गर्छ। पशुपतिनाथ मन्दिर परिसरमा पनि त्यस्तै दृश्य देख्न सकिन्छ।
पशुपति क्षेत्रमा रहेका शिवलिङ्गमा पूजा आराधनाका लागि भक्तजनको भीड लागेको छ। उनीहरु सामूहिका भेला भएर नाचगान पनि गरेर रमाइलो साटासाट गरिरहेका छन्।
-1725603305.jpeg)
-1725603305.jpeg)
-1725603304.jpeg)
-1725603303.jpeg)
-1725603304.jpeg)
-1725603305.jpeg)
-1725603303.jpeg)
-1725603305.jpeg)
-1725603305.jpeg)
-(1)-1725603302.jpeg)
-1725603303.jpeg)
-1725603302.jpeg)
-1725603303.jpeg)
-1725603304.jpeg)
-1725603302.jpeg)
-1725603302.jpeg)










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)