Kathmandu Press

पशुपतिमा तीजको रौनक [फाेटाे फिचर]

हरितालिका तीजमा हिन्दु महिलाहरू विवाहित भए पतिको सुस्वास्थ्य र दीर्घायु तथा असल सन्तानको कामना गर्दै र अविवाहित भए असल र सुयोग्य वर प्राप्तिको कामना गर्दै निराहार व्रत बस्ने गर्दछन्।
पशुपतिमा तीजको रौनक [फाेटाे फिचर]

काठमाडाैं, भदाै २१ : आज भाद्र शुक्ल तृतीया अर्थात् हिन्दु महिलाहरूको विशेष पर्व हरितालिका तीज। आज बिहानैदेखि देशभरका शिवालयहरूमा व्रतालुको भिड लागेको छ। पशुपतिनाथको मन्दिरमा पनि भक्तजनको बाक्लो उपस्थिति देख्न सकिन्छ।

हरितालिका तीजमा हिन्दु महिलाहरू विवाहित भए पतिको सुस्वास्थ्य र दीर्घायु तथा असल सन्तानको कामना गर्दै र अविवाहित भए असल र सुयोग्य वर प्राप्तिको कामना गर्दै निराहार व्रत बस्ने गर्दछन्। व्रत बस्दा गाह्रो नहोस् भनेर अघिल्लो दिन दरका रूपमा मीठा र तागतिला खानेकुराहरू खाने प्रचलन पनि छ।

Photo-(50)-1725603306.jpeg

Hardik ivf

बिहानै उठेर नुहाइधुवाइ गरेर सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा जम्मा भएका महिलाहरू शिवको पूजापाठसँगै नाचगानसमेत गर्छन्। धेरैजसो महिला रातो पहिरनमा हुने भएकाले मन्दिर परिसर नै राताम्मे हुने गर्छ। पशुपतिनाथ मन्दिर परिसरमा पनि त्यस्तै दृश्य देख्न सकिन्छ।

पशुपति क्षेत्रमा रहेका शिवलिङ्गमा पूजा आराधनाका लागि भक्तजनको भीड लागेको छ। उनीहरु सामूहिका भेला भएर नाचगान पनि गरेर रमाइलो साटासाट गरिरहेका छन्। 

Photo-(45)-1725603305.jpeg

Photo-(43)-1725603305.jpeg

Photo-(35)-1725603304.jpeg

Photo-(29)-1725603303.jpeg

Photo-(37)-1725603304.jpeg

Photo-(40)-1725603305.jpeg

Photo-(27)-1725603303.jpeg

Photo-(46)-1725603305.jpeg

Photo-(42)-1725603305.jpeg

Photo-(19)-(1)-1725603302.jpeg

Photo-(34)-1725603303.jpeg

Photo-(21)-1725603302.jpeg

Photo-(30)-1725603303.jpeg

Photo-(39)-1725603304.jpeg

Photo-(22)-1725603302.jpeg

Photo-(23)-1725603302.jpeg

प्रकाशित मिति: १२:०१ बजे, शुक्रबार, भदौ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्