Kathmandu Press

केपी ओली मन्त्रिपरिषद्को पहिलो निर्णय– टियू मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाइने

‘पहिलो निर्णय– क्रिकेट रंगशाला ! कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ,’ प्रधानमन्त्री ओलीको फेसबुकमा लेखिएको छ।
केपी ओली मन्त्रिपरिषद्को पहिलो निर्णय– टियू मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाइने

काठमाडौं, असार ३१ : सरकारले कीर्तिपुरस्थित टियू क्रिकेट मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वमा गठन भएको नयाँ सरकार पहिलो मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको ओलीकै फेसबुक पेजमार्फत जनकारी दिइएको छ।

रात्रिकालिन खेल सञ्चालनका लागि फ्लडलाइट निर्माण गर्ने पनि निर्णय भएको छ।

‘पहिलो निर्णय– क्रिकेट रंगशाला ! कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ,’ प्रधानमन्त्री ओलीको फेसबुकमा लेखिएको छ।

टियू मैदानलाई सुविधान सम्मन्न रंगशाला बनाउने कामका लागि सरकारले तीन सय दिनको समयसीमा तोकेको छ।

यसअघिको पुष्पकमल दाहाल नेतृत्वको सरकारले पनि टियू मैदानमा फ्लडलाइट जडान गर्ने निर्णय गर्दै पटक–पटक टेन्डर आव्हान गरेको थियो। तर, फ्लडलाइट जाडानको प्रक्रिया भने सुरु हुन सकेको छैन।

प्रकाशित मिति: २०:१० बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्