Kathmandu Press

१६ औँ पटक कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई 

सोमबार बिहान भएको फाइनल खेलको अतिरिक्त समयमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । निर्धारित समयको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।
१६ औँ पटक कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई 

काठमाडौं, असार ३१ : अर्जेन्टिनाले ४८ औँ संस्करणको उपाधिमाथि कब्जा जमाएको छ । 

सोमबार बिहान भएको फाइनल खेलको अतिरिक्त समयमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । निर्धारित समयको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो।

Hardik ivf

११२ औँ मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । जियोभानी लो सेल्सोले उनलाई गोलको अवसर सिर्जना गरेका थिए।

योसँगै अर्जेन्टिनाले कीर्तिमानी १६ औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । यसअघि अर्जेन्टिनाले उरुग्वेसँगै १५–१५ पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो।

अर्जेन्टिनी टोलीले सन् १९२१ मा पहिलो पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो । अन्तिम पटक भने अर्जेन्टिना सन् २०२१ मा च्याम्पियन बनेको थियो। यसका अतिरिक्त अर्जेन्टिना १४ पटक उप–विजेता पनि बनेको छ । 

प्रकाशित मिति: १०:४४ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्