Kathmandu Press

रोड्री युरोकपकै सर्वोत्कृष्ट खेलाडी

स्पनेलाई अपराजित रहँदै च्याम्पियन बनाउने क्रममा मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
रोड्री युरोकपकै सर्वोत्कृष्ट खेलाडी

काठमाडाैं, असार ३१ : रोड्री युरोकप २०२४का सर्वोत्कृष्ट खेलाडी बनेका छन्। स्पेनलाई चौथो पटक च्याम्पियन बनाउन उनका भूमिका महत्वपूर्ण थियो।

स्पनेलाई अपराजित रहँदै च्याम्पियन बनाउने क्रममा मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेका थिए। इंग्ल्यान्डविरुद्धको फाइलनमा भने उनी चोटका कारण हाफटाममै मैदाबाहिर भएका थिए।

यस्तै, स्पेनका १७ वर्षीय लामिन यमाल युवा उत्कृष्ट खेलाडी बनेका छन्। स्पेनका च्याम्पियन यात्रा उनी महत्वपूर्ण खेलाडी हुन्।

यमालले सेमिफाइनलमा फ्रान्सविरुद्ध उत्कृष्ट गोल गरेका थिए। उनी युरोकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन्।

प्रकाशित मिति: ०३:१८ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्