Kathmandu Press

फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनमा

सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियम र पोर्चुगलले स्लोभेनियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् । जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत फ्रान्सको जितमाभने उपहार गोल नै पर्याप्त भयो ।
फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनमा

काठमाडौं, असार १८ : फ्रान्स र पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनमा प्रवेश गरेका छन् । 

सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियम र पोर्चुगलले स्लोभेनियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् । जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत फ्रान्सको जितमाभने उपहार गोल नै पर्याप्त भयो । बेल्जियमका जन भेर्टोङ्गेनले आत्मघाती गोल गरेपछि त्यसको फाइदा फ्रान्सलाई भयो ।

निर्धारित समय बराबरीतर्फ उन्मुख खेलको ८५औं मिनेटमा भेर्टोङ्गेनले आत्मघाती गोल गरेसँगै फ्रान्सले १–० को अग्रता लियो । रान्डल कोलो मुआनीले गरेको प्रहार उनलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । सोही अग्रता जोगाउँदै फ्रान्स क्वाटरफाइनलमापुगेको हो ।

यस्तै, अर्को खेलमा पोर्चुगलले स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गरेको हो । निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनिगोल नहुँदा खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पोर्चुगलका गोल रक्षक डिओगो कोस्टाले स्लोभाकियाको तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३–० ले विजयी भयो । त्यसअघि कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो ।

निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए । रोनाल्डोको प्रहारलाई स्लोभानियाका कप्तान यान ओब्लाकले विफल पारेका थिए । क्वाटरफाइनलमा पोर्चुगल र फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छन् । 
 

प्रकाशित मिति: ०७:२७ बजे, मंगलबार, असार १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्