Kathmandu Press

राजनीतिमा अपराधीकरण बढ्दै गयो, दलहरूले सोच्ने बेला भयो : कोइराला

‘राजनीतिमा अपराधीकरण बढ्दै गएको छ। राजनीति गर्नु भनेको पैसा कमाउनु हो र जसरी पनि पैसा कमाउने ध्याउन्नले गर्दा राजनीति बिस्तारै विकृत र अपराधीकरणतर्फ उन्मुख भइरहेको छ,’ उनले भने, ‘दलहरूले अपराधमा संलग्न जोसुकै भए पनि कारबाही गर्न पछि हट्न हुँदैन।’
राजनीतिमा अपराधीकरण बढ्दै गयो, दलहरूले सोच्ने बेला भयो : कोइराला

मोरङ, असार ९ : कांग्रेस नेता डा.शेखर कोइरालाले राजनीतिमा अपराधीकरण बढ्दै गएको बताएका छन्।

नेपाल मुस्लिम संघ, मोरङको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै डा. कोइरालाले राजनीतिमा अपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको बताए।

Hardik ivf

‘राजनीतिमा अपराधीकरण बढ्दै गएको छ। राजनीति गर्नु भनेको पैसा कमाउनु हो र जसरी पनि पैसा कमाउने ध्याउन्नले गर्दा राजनीति बिस्तारै विकृत र अपराधीकरणतर्फ उन्मुख भइरहेको छ,’ उनले भने, ‘दलहरूले अपराधमा संलग्न जोसुकै भए पनि कारबाही गर्न पछि हट्न हुँदैन।’

नेता डा.कोइरालाले आफ्नो पार्टीका नेता–कार्यकर्ताले जस्तोसुकै अपराध गरे पनि त्यसलाई जोगाउनेतर्फ दलहरू लाग्ने गरेको उनको बताउँदै उनले भ्रष्टाचारका विषयमा आउँदा ठूला नेताहरू एक ठाउँ उभिँदा भ्रष्टाचारलाई मलजल भइरहेको बताए।

भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धमिलिँदै गएको उनको भनाइ थियो। उनले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम नगरेसम्म मुलुकको आर्थिक विकास हुन नसक्ने उनले बताए।

प्रकाशित मिति: ११:२३ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्