Kathmandu Press

भाजपाको लोकप्रियता घट्यो, एनडीए गठबन्धनले बहुमत पाएसँगै तेस्रो पटक मोदी सरकार

अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले बहुमत ल्याएको छ। एसले २९३ सिट जितेको छ।
भाजपाको लोकप्रियता घट्यो, एनडीए गठबन्धनले बहुमत पाएसँगै तेस्रो पटक मोदी सरकार

नयाँ दिल्ली, जेठ २३ : भारतमा भएको १८औं लोकसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले बहुमत ल्याएको छ। एसले २९३ सिट जितेको छ।

पाँच सय ४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३२ सिट जितेको छ।

Hardik ivf

निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले मात्रै २ सय ४० सिटमा जित हासिल गरेको छ । तर, यो निर्वाचनमा भाजपा एक्लैले बहुमत ल्याउन भने सकेन। निर्वाचन परिणामले भारतमा भाजपाको लोकप्रियता घटेको प्रष्ट देखाएको छ।

यस्तै,  एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले २२४ सिटमा जित हासिल गरेको छ । कांग्रेस ९९, समाजवादी पार्टीले ३७, तृणमूल कांग्रेसले २९, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके)ले २२, शिवसेना (उद्धव ठाकरे)ले ९, एनसीपी (सपा)ले ८, तेलेगु देशमले १६, राष्ट्रिय जनता दल, युवराजन श्रमिका रिथु कांग्रेस र कम्युनिष्ट पार्टी अफ इन्डियाले समान ४ सिट जितेका छन्।

वनारसबाट चुनाव जितेका नरेन्द्र मोदीले बहुमत साथ तेस्रो पटक प्रधानमन्त्रीको पद सुरक्षित गरेका छन् । मोदीले सन् २०१४ देखि २०१९ सम्म पहिलो  र २०१९ देखि २०२४ सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन्। यो निर्वाचनले मोदीलाई जवाहरलाल नेहरुपछि भारतामा तीन कार्यकाल प्रधानमन्त्री चलाउने दोस्रो नेताको रुपमा स्थापित गरेको छ।

त्यसको सुनिश्चितता भाजपाका अध्यक्ष जेपी नड्डाले यो निर्वाचनमा जनताले नरेन्द्र मोदीलाई आशिर्वाद दिएका भन्दै थपे, ‘नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ।’
कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जित निकाल्दा उत्तर प्रदेशमा भने भाजपालाई ठूलो धक्का लागेको छ। अघिल्लो चुनावमा ६४ सिट जितेको भाजपाले ०२४ को चुनावमा २१ सिट गुमाएको छ। अहिले भाजपाले त्यहाँ ३३ सिट ल्याउँदा समाजवादी पार्टीले यहाँ ३७ सिटमा जित निकालेको छ।

सात चरणमा सम्पन्न भएको लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनता मतदानमा सहभागी बनेका थिए।

प्रकाशित मिति: १०:५२ बजे, बुधबार, जेठ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्