Kathmandu Press

१९ देशबाट अमेरिका आएका व्यक्तिका ग्रिन कार्ड पुनः जाँच गर्न ट्रम्पको निर्देशन

अमेरिकाको नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोका अनुसार राष्ट्रपति ट्रम्पले १९ देशका नागरिकका ग्रिन कार्ड कडाइका साथ पुनः जाँच गर्न निर्देशन दिएका हुन्। 
१९ देशबाट अमेरिका आएका व्यक्तिका ग्रिन कार्ड पुनः जाँच गर्न ट्रम्पको निर्देशन

काठमाडौं, मंसिर १२ : अमेरिकाले १९ देशबाट आफ्नो मुलुकमा आएका व्यक्तिहरूका ग्रिन कार्ड पुनः जाँच गर्ने भएको छ। अमेरिकाको नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोका अनुसार राष्ट्रपति ट्रम्पले १९ देशका नागरिकका ग्रिन कार्ड कडाइका साथ पुनः जाँच गर्न निर्देशन दिएका हुन्। 

१९ देशमा अफगानिस्तान, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, बुरुन्डी, लाओस, सियरा लियोन, तुर्कमेनिस्तान र टोगो रहेका छन् । 

बुधबार वासिङ्ट डीसीस्थित ह्वाइट हाउस भवननजिकै दुईजना नेसनल गार्डमाथि गोली चलाएको आरोपमा एक अफगानी नागरिक पक्राउ परेपछि ट्रम्प प्रशासनले उक्त घोषणा गरेको हो। गोली हानेको आरोपमा अफगानी नागरिक रहमानुल्लाह लकनवाललाई पक्राउ गरिएको छ। 

उनी अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगानहरूलाई विशेष आप्रवासन सुरक्षा प्रदान गर्ने कार्यक्रमअन्तर्गत २०२१ मा अमेरिका पुगेको भेटिएको छ। 

प्रकाशित मिति: ०८:३४ बजे, शुक्रबार, मंसिर १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्