दुबई एयर शोमा भारतीय विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु
भारतीय एचएएल तेजस लडाकु विमान स्थानीय समय अनुसार दिउँसो २ः१० बजे प्रदर्शन उडान गर्ने क्रममा दुर्घटनाग्रस्त बनेको थियो।-1763799581.jpg)
एजेन्सी, मंसिर ६ : दुबई एयर शोमा प्रदर्शनको क्रममा शुक्रबार एक भारतीय विमान दुर्घटनाग्रस्त बनेको छ । जसमा पाइलटको मृत्यु भएको छ।
भारतीय एचएएल तेजस लडाकु विमान स्थानीय समय अनुसार दिउँसो २ः१० बजे प्रदर्शन उडान गर्ने क्रममा दुर्घटनाग्रस्त बनेको थियो।
भारतीय वायुसेनाले एक विज्ञप्ति जारी गर्दै घट्ना पुष्टि गरेको छ। ‘जीवनको क्षतिमा गहिरो दुःख व्यक्त गर्दछ र शोकको यस समयमा शोकसन्तप्त परिवारसँग दृढतापूर्वक उभिएका छौं, विज्ञप्तिमा भनिएको छ।
दुर्घटनाको कारण पत्ता लगाउन अदालत अफ इन्क्वायरी गठन गरिएको छ, विज्ञप्तिमा थपिएको छ।
प्रकाशित मिति: १४:०५ बजे, शनिबार, मंसिर ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-ink-1744291933.jpeg)