Kathmandu Press

पुटिनसँग मोदीले भने– भारत–रुस मित्रता नयाँ चुनौती सामना गर्नका लागि तयार छ 

मोदीले पुटिनसँग दिल्लीमा महत्त्वपूर्ण बैठक गरेको बीबीसीले जनाएको छ । दुई नेताले भारत र रुसको मित्रताका बारेमा चर्चा गर्दै एक–अर्काको तारिफ गरेको जनाइएको छ। 
पुटिनसँग मोदीले भने– भारत–रुस मित्रता नयाँ चुनौती सामना गर्नका लागि तयार छ 

काठमाडौं, मंसिर १९ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लिमा स्वागत गरे । भारत भ्रमणकाक्रममा पुटिन शुक्रबार नयाँ दिल्लि आइपुगेका हुन्। 

मोदीले पुटिनसँग दिल्लीमा महत्त्वपूर्ण बैठक गरेको बीबीसीले जनाएको छ । दुई नेताले भारत र रुसको मित्रताका बारेमा चर्चा गर्दै एक–अर्काको तारिफ गरेको जनाइएको छ। 

मोदीले भारत र रुसको २३ औँ शिखर सम्मेलनमा राष्ट्रपति पुटिनलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्। मोदीले भारतप्रतिको गहिरो मित्रताका लागि पुटिनलाई धन्यवाद दिएको बीबीसीले जनाएको छ। 

‘राष्ट्रपति पुटिनको यात्रा यस्तो समयमा भइरहेको छ, जब हाम्रो साझेदारी २५ वर्ष पहिले राखेको निबमा अझ बढी मजबुत भएको छ  यो भ्रमणले साझा ब्यापारको नयाँ दिशा दिनेछ,’ बीबीसीले मोदीलाई उद्धृत गर्दै भनेको छ।

भेटमा भारतीय प्रधानमन्त्री मोदीले रुस र युक्रेनबीच जारी युद्धकाबारे पनि टिप्पणी गरे । मोदीले भारतले शान्तिपूर्ण र स्थायी समाधानको प्रयासलाई समर्थन गरेको बताएका छन् । रुसले आतंकवादविरुद्ध भारतको लडाइँमा हमेसा समर्थन गरेको बताउँदै मोदीले भने, ‘भारत–रुस मित्रता नयाँ चुनौती सामना गर्नका लागि तयार छ।’ 

रुसी राष्ट्रपति पुटिनले पनि आफूहरूबीच समय–समयमा टेलिफोन कुराकानी भइरहने बताए । पुटिनले भारतसँगको मित्रता निकै मजबुत रहेको बताए । बीबीसीले लेखेको छ, ‘रुस र भारतको सम्बन्ध निकै मजबुत छ । हाम्रो सम्बन्ध अर्थव्यवस्थासँग जोडिएको मुद्दासमेत थुप्रै क्षेत्रमा मजबुत छ।’ 

पुटिनले भारत र रुसबीच रुबल र रुपये (रुसी र भारतीय मुद्रा) मा व्यापार हुने गरेको पनि बताए । पुटिनले अमेरिकाले भारतमाथि रुसी इन्धन नकिन्न दबाब बढाइरहँदा पुटिनले भारतलाई बिनारोकटोक इन्धन आपूर्ति गर्ने पनि बताए।


 

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, मंसिर १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्