Kathmandu Press

५७ जिल्लामा फैलियो डेंगु, सचेतना अपनाउन आग्रह

पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगुको जोखिम बढेको जानकारी दिए। उनका अनुसार ५७ जिल्लामा ९०४ जनामा संक्रमणमा देखिएको छ।
५७ जिल्लामा फैलियो डेंगु, सचेतना अपनाउन आग्रह

काठमाडौं, जेठ ११ : डेंगुको संक्रमण ५७ जिल्लामा फैलिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगुको संक्रमण पनि बढ्न थालेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगुको जोखिम बढेको जानकारी दिए। उनका अनुसार ५७ जिल्लामा ९०४ जनामा संक्रमणमा देखिएको छ।

उनले पानी पनि पर्न सुरु हुँदा डेंगुको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गरे। उनले संक्रमण रोकथाम र नियन्त्रण गर्न पानी जम्न नदिने र लामखुट्टे मार्न अभियान सञ्चालन गर्न आग्रह गरे।

गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनामा डेंगु रोगको संक्रमण देखिएको थियो।

जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको उनले बताए।

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ। ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगु लाग्दछ।

प्रकाशित मिति: १५:५२ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्