Kathmandu Press

सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेल

बिहीबार नेशनल जोइन्ट एनियुएल रिभ्यु २०२४ को समारोहमा बोल्दै  मन्त्री पौडेलले सातै प्रदेशमा मेडिकल पढाइका लागी आवश्यक जनशक्ति, उपकरण, सबैको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्।
सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेल

काठमाडौं, मंसिर १३ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाएको बताएका छन्।

बिहीबार नेशनल जोइन्ट एनियुएल रिभ्यु २०२४ को समारोहमा बोल्दै  मन्त्री पौडेलले आवश्यक जनशक्ति, उपकरण, सबैको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्।

मन्त्री पौडेलले भने, ‘कोशी अस्पतालमा धेरै बिरामी भए भने बिपी कोइराला अस्पताल धरानमा पु¥याउने व्यवस्था आपसी समझदारी र समयमै हुनुपर्छ।  यस्तो किसिमको प्रणाली विकास गर्नको निम्ती म अनुरोध गर्न चाहन्छु। हामीले अरु स्वास्थ्य संस्था गेटा मेडिकल कलेज बनाउने गरी सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउन खोजिरहेका छौं।’

उनले एकआपसमा समन्वय गरेर उपचार प्रणालिलाई व्यवस्थित गर्न र सिमित स्रोत साधनभित्र प्रभावकारीता बढाउन आग्रह गरे। उनले स्वास्थ्य क्षेत्रका कर्मचारिहरुले व्यवसायीक रुपमा नहेरी सेवा प्रदान गर्ने दृष्टिकोणबाट काम गर्न समेत अनुरोध गरे। 


 

प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, मंसिर १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्