Kathmandu Press

मनराम–एसकाज पत्रकारिता पुरस्कार ज्ञान उदासलाई दिइने 

पत्रकारिता तथा साहित्यमार्फत समाजलाई लामो समयदेखि योगदान दिइरहेका चैनपुर–६ संखुवासभाका ८१ वर्षीयया उदास उक्त पुरस्कार दिइने भएको हो।
मनराम–एसकाज पत्रकारिता पुरस्कार ज्ञान उदासलाई दिइने 

काठमाडौं, मंसिर १३ : यो वर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार अग्रज पत्रकार तथा साहित्यकार ज्ञान उदासलाई दिइने भएको छ। 

पत्रकारिता तथा साहित्यमार्फत समाजलाई लामो समयदेखि योगदान दिइरहेका चैनपुर–६ संखुवासभाका ८१ वर्षीयया उदास उक्त पुरस्कार दिइने भएको हो।

संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसन (एसकाज) र मनराम प्रतिष्ठानले संयुक्तरुपमा प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ। 

Hardik ivf

वि.सं. २००० सालमा जन्मिएका उदास ८१ वर्षको उमेरमा पनि पत्रकारिता र साहित्यमा सक्रिय छन्। उदास अहिले काठमाडौंमा बासोबास गर्छन्।

लामो समयदेखि पत्रकारिता तथा साहित्य क्षेत्रमा रही समग्र देश र संखुवासभाको विकासमा पु¥याएको योगदानको कदर गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको एसकाजका अध्यक्ष शंकर खनालले बताए। 

ृउनले २०३९ सालमै नयाँ खबर कागज साप्ताहिकको प्रकाशन÷सम्पादन गरेका थिए। अहिले पनि त्यसलाई निरिन्तरता दिएका छन्। त्यसअघि उनले बाल पत्रिका ‘नानी’ पनि विराटनगरबाट प्रकाशन गरेका थिए।

पत्रकारितामा मात्र होइन उनी साहित्यमा उत्तिकै सक्रिय छन्। उनका ९ वटा कृति प्रकाशित छन्। 

 ‘मनराम फाउण्डेसन’सँगको सहकार्यमा एसकाजले २०७३ सालमा स्थापना गरेको यो पुरस्कार गंगा विष्ट, इन्द्र गिरी, दीपेन्द्र शाक्य, कृष्णराज शाक्य, नवीन गुरुङ,  प्रेमप्रसाद निरौला,  मातृका तिमल्सिना, भोला गौली प्रदान गरिसकिएको छ। 

मनराम–एसकाज पत्रकारिता पुरस्कार शुक्रबार एक कार्यक्रमबीच उदासलाई प्रदान गरिनेछ। 

प्रकाशित मिति: १४:२० बजे, बिहीबार, मंसिर १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्