स्थानीय तह उपनिर्वाचनमा आज रातिदेखि मौन अवधि सुरु हुँदै
मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ।
काठमाडौं, मंसिर १३ : मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।
मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ।
मौन अवधिको समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन।
प्रकाशित मिति: १०:२० बजे, बिहीबार, मंसिर १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार