Kathmandu Press

किसानका लागि वरदान बन्यो ‘सेरा जाऔं, केरा खाऔं’

केरा उत्पादन मात्र नभै नियमति हरियो घाँस समेत हुने भएका कारण पनि केरा खेती गर्न किसान उत्साहित भएका छन्। आधुनिक र व्यवसायिक रुपमा अघि बढे थोरै लगानीले मात्रै पनि सेराको मलिलो रातमाटे जमिनमा केरा खेती उर्वर हुन बेर लाग्दैन।
किसानका लागि वरदान बन्यो ‘सेरा जाऔं, केरा खाऔं’

बागलुङ, जेठ ९ : किसानहरुको मिहेनत र पौरखका कारण बागलुङको कुश्मीसेरा केराखेतीका लागि आकर्षक थलो बन्न पुगेको छ। जैमिनी नगरपालिका अन्तर्गतको कुश्मी सेरा केराको पकेट क्षेत्रका रुपमा विकास हुँदैछ।

कृषि ज्ञान केन्द्र बागलुङले कुश्मी सेरा एरियालाई केराका लागि पकेट क्षेत्रका रुपमा सहयोग गरेको छ। कुश्मी सेरा सडक सञ्जालले जोडिएको र उत्पादनको सम्भावना बढी भएकोले केराखेती विकास एवम् बिस्तारको प्रचुर संभावना देखिएको छ। कुश्मी सेरा कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीसेरा सडक सञ्जालमा जोडिएको छ।

कालिगण्डकी कोरिडोर जैमिनी नगरपालिका हुँदै भारत र चिनसँग जोडिएका कारण विशेष महत्व राख्दछ। यो क्षेत्र समुद्री सतहबाट ६ सय मिटर मात्र उचाईमा रहेको रातोमाटो युक्त गढीलो जमिन रहेका कारण केराखेती फस्टाउने ठूलो संभावनाका रुपमा कृषि विज्ञहरुले हेरेका छन्। यहाँका किसानले दशक अघिदेखि नै केराखेती अभियान थालेका हुन्।

Hardik ivf

जैमिनी नगरपालिका, वडा नम्वर, १ का वडाध्यक्ष विष्णु आचार्यले ‘सेरा जाऔं, केरा खाऔं’ भन्ने नारा नै विकास गरिएको काठमाडौं प्रेशलाई बताए। अहिले जैमिनीको सेराका किसानलाई बढ्दो माग अनुसार आपुर्ति गर्न हम्मे परेको छ।

केरा उत्पादन मात्र नभै नियमति हरियो घाँस समेत हुने भएका कारण पनि केरा खेती गर्न किसान उत्साहित भएका छन्। आधुनिक र व्यवसायिक रुपमा अघि बढे थोरै लगानीले मात्रै पनि सेराको मलिलो रातमाटे जमिनमा केरा खेती उर्वर हुन बेर लाग्दैन।

वडाध्यक्ष बिष्णु आचार्यका अनुसार चालु वर्ष सेरा क्षेत्रमा पनि १२ हजार केराका बिरुवा थप गर्ने कार्यक्रम रहेको जानकारी दिए।

‘वडा नम्वर १ मा मात्र १ सय घरले गरेको केराखेती बढेर २ सय नजिक पुग्न लागेको छ। ‘सेरा जाऔं, केरा खाऔं’ नाराले उपभोक्ताको मन जितेको छ। कुश्मी सेराको केराखेती छिमेकमा रहेका पालिका र अन्य जिल्लाका किसानका लागि समेत आकर्षणको केन्द्र बन्दै छ।’

वडा कार्यालयले किसानलाई प्रति बिरुवा २० रुपैयाँ अनुदान समेत वडाध्यक्ष आचार्यको भनाई छ। जैमिनी नगरपालिकाले केरा पकेट बिस्तार कार्यक्रम अन्तर्गत कृषि निर्देशनालयको सहकार्यमा ‘नाफा परियोजना’ कार्यक्रमको समेत शुरुवात गरेको छ।

निर्देशनालयले सिँचाइका लागि पाइप खरिद गरेर किसानलाई दिने काम भैरहेको छ। यसरी अनुदान र प्रबद्र्धनात्मक कार्यक्रम शुरु भएपछि किसानहरुले बाँझो जमिनमा पनि केरा खेती विस्तार गरिरहेका छन्। स्थानीय रोजगारीका लागि समेत केरा खेती वरदान सावित भएकाले सेराका किसानहरुले प्याकेजसहित केन्द्रीय योजनाको माग गरेका छन्। 

प्रकाशित मिति: १६:३० बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्