Kathmandu Press

निर्वाचन आयोगले भन्यो– अवाञ्छित गतिविधि गर्नेलाई तत्काल कारबाही गर्नू 

निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सबै सरोकारवालाहरूलाई स्मरण गराइएको छ। निर्वाचन हुने स्थानीय तहमा शंकास्पद व्यक्तिको प्रवेश निषेध गरी उनीहरूका गतिविधिमा उच्च निगरानी गर्न समेत सरकारलाई निर्देशन दिइएको छ। 
निर्वाचन आयोगले भन्यो– अवाञ्छित गतिविधि गर्नेलाई तत्काल कारबाही गर्नू 

काठमाडौं, मंसिर १३ : निर्वाचन आयोगको विहीबार बसेको वैठकले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कसैले अवाञ्छित गतिविधि गरे तत्काल नियन्त्रणमा लिई कारवाहीका लागि निर्देशन दिएकोछ। 

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोगले सरोकारवालाहरूको ध्यानाकर्षण पनि गराएको छ। 

Hardik ivf

आयोग बैठकपछि जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सबै सरोकारवालाहरूलाई स्मरण गराइएको छ। निर्वाचन हुने स्थानीय तहमा शंकास्पद व्यक्तिको प्रवेश निषेध गरी उनीहरूका गतिविधिमा उच्च निगरानी गर्न समेत सरकारलाई निर्देशन दिइएको छ। 

‘उपनिर्वाचन हुने स्थानीय तहमा अनधिकृत एवं शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्ने, सूक्ष्म ढङ्गले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनियतामा आँच आउने कुनै कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शङ्का लागेमा वा कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्न नेपाल सरकार गृह मन्त्रालय मार्फत निर्देशन दिइएको छ’, आयोगद्वाा जारी विज्ञप्तिमा उल्लेख छ।
 
आयोगले निर्वाचनका क्रियाकलापहरूमा परिचालन हुने कर्मचारी सुरक्षाकर्मीहरूबाट सबै उम्मेदवार र राजनीतिक दलहरूप्रति समान व्यवहार गर्न समेत निर्देशन दिएको छ । बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।

प्रकाशित मिति: १५:०० बजे, बिहीबार, मंसिर १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्