Kathmandu Press

महाबु गाउँपालिकामा समाजवादीका उम्मेदवारले गरे एमालेलाई समर्थन

एकीकृत समाजवादी महाबु गाउँ कमिटीले नै एक विज्ञप्ति जारी गर्दै एमालेका उम्मेदवार जंगबहादुर शाहीलाई समर्थन गर्ने निर्णय लिएको हो। 
महाबु गाउँपालिकामा समाजवादीका उम्मेदवारले गरे एमालेलाई समर्थन

दैलेख, मंसिर १३ : दैलेखको महाबु गाउँपालिकाको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष पदका उम्मेदवार रहेका जगत हमालले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेका छन्। 

एकीकृत समाजवादी महाबु गाउँ कमिटीले नै एक विज्ञप्ति जारी गर्दै एमालेका उम्मेदवार जंगबहादुर शाहीलाई समर्थन गर्ने निर्णय लिएको हो। 

समाजवादीका हमालले एमालेका शाहीलाई समर्थन गर्दै समृद्धिको नारालाई पूरा गर्न एमालेलाई मतदान गर्न आग्रह गर्दै शाहीलाई समर्थन गरेका हुन्। समाजवादीका हमालले एमालेका शाहीलाई समर्थन गरेसँगै अब महाबुमा छ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा छन्। 

महाबुमा कांग्रेसका झलकबहादुर भण्डारी, एमालेका जङ्गबहादुर शाही, माओवादी केन्द्रका जङ्गबहादुर बराल, राष्ट्रिय स्वतन्त्र पाटीका प्रकाशकुमार बुढा, नेपाल मजदुर किसान पार्टीका दुर्गबहादुर थापा मगर र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुजनकुमार रावतबीच चुनावी प्रतिश्पर्धा हुने भएको छ। 

मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । 
 

प्रकाशित मिति: १६:०२ बजे, बिहीबार, मंसिर १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्