Kathmandu Press

सेयर बजार बढ्यो, होटल तथा पर्यटनको सेयरमा उछाल

होटल तथा पर्यटन उपसमूह ६.९६ प्रतिशतले बढ्दा परिसूचकमा सकारात्मक प्रभाव परेको हो। विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बिमा, व्यापार र अन्य उपसमूह बढेका छन्। घट्नेमा जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूह छन्। 
सेयर बजार बढ्यो, होटल तथा पर्यटनको सेयरमा उछाल

काठमाडौं, वैशाख २७ : होटल तथा पर्यटन उपसमूहको सेयरमूल्य बढ्दा साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक बढेको छ। ५.६३ अंकले बढ्दै नेप्से परिसूचक १९६६.२३ विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेको छ। 

होटल तथा पर्यटन उपसमूह ६.९६ प्रतिशतले बढ्दा परिसूचकमा सकारात्मक प्रभाव परेको हो। विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बिमा, व्यापार र अन्य उपसमूह बढेका छन्। घट्नेमा जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूह छन्। 

Hardik ivf

७० लाख ५८ हजार ३९९ कित्ता सेयर ३ अर्ब १२ करोड १२ लाख रुपैयाँमा किनबेच भएको छ। ११५ कम्पनीको सेयरमूल्य बढेको छ भने ११५ कम्पनीकै घटेको छ। १४ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। 

दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार थियो। बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० विन्दुमा बन्द हुँदा  कारोबार रकम २ अर्ब ५४ करोड ७० लाख रुपैयाँ थियो। मंगलबार २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको थियो। 

सर्वाधिक कारोबार हुने कम्पनीमा पहिलो नम्बरमा नेपाल फाइनान्स छ। उक्त फाइनान्सको १६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। दोस्रोमा सोल्टी होटलको १४ करोड ४७ लाख, फस्र्ट माइक्रोफाइनान्सको ९ करोड ६६ लाख, पोखरा फाइनान्सको ९ करोड ५९ लाख र हिमालयन डिष्टिलरीको ७ करोड ३१ लाखको सेयर कारोबार भएको छ।

सेयरमूल्य बढ्ने कम्पनीमा होल समूहको वर्चश्व छ। ओरिएन्टल होटल, सिटी, सोल्टी र तारागाउँ रिजेन्सी होटल लिमिटिेडको सेयरमूल्य बढेको छ। सेयरमूल्य घट्नेमा सर्वाधिक आज पनि कुमारी सबल योजनाका लगानीकर्ताले गुमाएका छन्। सबैको लघुवित्त, वीन नेपाल लघुवित्त, साधना लघुवित्त, मनकामना स्मार्ट लघुवित्तलगायतको सेयरमूल्य घटेको छ।
 

प्रकाशित मिति: १६:०० बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्