Kathmandu Press

सुन तोलामा ८ सयले ओरालो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३५ हजार छ सय निर्धारण भएको छ।
सुन तोलामा ८ सयले ओरालो

काठमाडौं, वैशाख २७ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ८ सयले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३५ हजार छ सय निर्धारण भएको छ। 

त्यस्तै, तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ। 

चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ। बुधबार तोलामा रु एक हजार छ सय ७५ मा कारोबार भएकामा चाँदी आजका लागि रु एक हजार छ सय ८५ निर्धारण भएको छ।

प्रकाशित मिति: १३:२७ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्