Kathmandu Press

चीनको ‘कमजोर आपूर्ति क्षमता’ बारे अमेरिकी आरोप आधारहीन : चिनियाँ वाणिज्यमन्त्री

ट्रेजरी सेक्रेटरी जेनेट येलेनको भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूले दुई देशबीचको सम्बन्ध थप स्थिर अवस्थामा रहेको सकारात्मक टिप्पणी गरेका छन् र दुवै पक्ष अतिरिक्त औद्योगिक क्षमताको विषयमा थप वार्ताका लागि मार्गहरू खोल्न सहमत भएका छन्।
चीनको ‘कमजोर आपूर्ति क्षमता’ बारे अमेरिकी आरोप आधारहीन : चिनियाँ वाणिज्यमन्त्री
Hardik ivfHardik ivf

बेइजिङ, चैत २६ : चीनका वाणिज्यमन्त्रीले कम लागतको चिनियाँ निर्यातले विश्व बजारमा जोखिम निम्त्याएको भन्ने अमेरिकी चिन्तालाई चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले ‘आधारहीन’ भन्दै आरोपको खण्डन गरेका छन्। 

ट्रेजरी सेक्रेटरी जेनेट येलेनको भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूले दुई देशबीचको सम्बन्ध थप स्थिर अवस्थामा रहेको सकारात्मक टिप्पणी गरेका छन् र दुवै पक्ष अतिरिक्त औद्योगिक क्षमताको विषयमा थप वार्ताका लागि मार्गहरू खोल्न सहमत भएका छन्।

चीन सरकारले विश्व बजारले धान्न सक्नेभन्दा बढी उत्पादन क्षमता सिर्जना गर्न सहयोग गर्दा सौर्य र विद्युतीय सवारी साधनजस्ता प्रमुख क्षेत्रमा सस्तो निर्यातको बाढीले अन्यत्र ती उद्योगहरूको वृद्धिलाई असर पार्न सक्छ भन्ने अमेरिकी अधिकारीहरूको चिन्ता रहेको छ। 

वाणिज्यमन्त्री वाङले आइतबार पेरिस भ्रमणका क्रममा ‘अमेरिका र युरोपले लगाएको ‘अत्यधिक क्षमता’ को आरोप आधारहीन भएको बताएका हुन्। चिनियाँ विद्युतीय सवारी निर्माताको तीव्र वृद्धि नवीनता र स्थापित आपूर्ति श्रृङ्खलाका कारण भएको वाङले बताए। 

उहाँले बेइजिङले व्यवसायहरूलाई उनीहरूको हितरक्षाका लागि सहयोग गर्ने पनि बताए। बेइजिङले उद्योगका लागि राज्यको विशाल समर्थनको बारेमा चिन्तालाई बारम्बार अस्वीकार गर्दै आएको छ। युरोपेली सङघ (ईयू) ले चिनियाँ विद्युतीय कारमा अनुदानबारे अनुसन्धान सुरु गरेको छ जसले गर्दा कम मूल्यमा अनुचित रूपमा बेचिएका सवारी साधनहरूमा कर वृद्धि हुन सक्छ। गत महिना बेइजिङले यसलाई व्यापारमा देखिएको ‘सङरक्षणवाद’ को संज्ञा दिएको छ। 

येलेनले दक्षिणी शहर ग्वान्झाओ र राजधानी बेइजिङमा अधिकारी र व्यापारिक नेताहरूसँगको वार्तामा बारम्बार चीनको ‘क्षमताभन्दा बढी आपूर्ति’ को प्रसङ्गलाई उठाएका थिए। आफ्ना समकक्षी उपप्रधानमन्त्री हे लिफेङसँग भएको वृहत् छलफलमा उनले चिनियाँ नीति निर्माणको उच्च तहमा अन्तराृष्ट्रिय चासोका सवालबारे संवेदनशील बन्न आग्रह गरेका थिए। 

सिन्ह्वाका अनुसार लीले उत्पादन क्षमताको विषयलाई वासिङ्टनले ‘वस्तुनिष्ठ’ र ‘बजारमुखी’ दृष्टिकोणबाट हेर्नुपर्ने येलेनसँग बताएका थिए। उनले चीनको नयाँ ऊर्जा उद्योगको विकासले ‘विश्वव्यापी हरित र कम कार्बन सङक्रमणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

प्रकाशित मिति: १७:३० बजे, सोमबार, चैत २६, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्