Kathmandu Press

अमेरिका र चीनका विदेशमन्त्रीबीच म्युनिखमा ‘रचनात्मक’ वार्ता

भेटमा द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूको बारेमा छलफल भएको थियो।
अमेरिका र चीनका विदेशमन्त्रीबीच म्युनिखमा ‘रचनात्मक’ वार्ता
Hardik ivfHardik ivf

वासिङ्टन, फागुन ५ :  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङ यीबीच म्युनिख सुरक्षा सम्मेलनका क्रममा शुक्रबार भएको भेटवार्तामा ‘स्पष्ट र रचनात्मक’ छलफल भएको बताइएको छ। 

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरका अनुसार शिखर सम्मेलनका क्रममा भएको भेट संवादको मार्ग खुला राख्न र सम्बन्धमा प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न जारी प्रयासको एक भागको रूपमा भएको हो। भेटमा द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूको बारेमा छलफल भएको थियो।

मिलरका अनुसार म्युनिखमा वाङसँग ‘स्पष्ट र रचनात्मक छलफल’ गर्ने क्रममा ब्लिन्केनले युक्रेनविरुद्ध रूसको आक्रामकतालाई चीनले समर्थन गरेकोमा चिन्ता व्यक्त गरेका थिए। 

दुवै पक्षले पश्चिम एसिया र कोरियाली प्रायद्वीपको अवस्थाका बारेमा पनि विचार आदानप्रदान गरेका थिए र आ–आफ्ना वरिष्ठ अधिकारीहरूले यी छलफलहरूको अनुगमनका लागि बैठक गर्नुपर्नेमा जोड दिएका थिए। 

ब्लिन्केनले ताइवान स्ट्रेट र दक्षिण चीन सागरमा शान्ति र स्थिरता कायम गर्ने महत्वमा जोड दिएको वासिङ्टन स्रोतले जनाएको छ। 

ब्लिन्केन र वाङबीचको शुक्रबारको बैठक ताइवानको मध्य जनवरीमा भएको राष्ट्रपतीय निर्वाचनपछि दुई देशका वरिष्ठ अधिकारीहरूको पहिलो प्रत्यक्ष बैठक हो। उक्त अवसरमा चिनियाँ विदेशमन्त्री वाङले ‘चीन–अमेरिका सम्बन्धको सुदृढ, स्थिर र दिगो विकास’ गर्न आह्वान गर्नुभएको थियो।  

'दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको जीत हुने सहकार्यका सिद्धान्तहरूको पालना गर्नुपर्दछ र दुई प्रमुख देशहरूलाई एकअर्कासँग घुलमिल हुनका लागि सक्रिय रूपमा सही मार्गको खोजी गर्नुपर्दछ,' वाङलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले लेखेको छ। 

उनले भने, 'संयुक्त राज्य अमेरिकाले यदि उसले ‘ताइवान स्ट्रेटमा स्थिरताको साँच्चिकै आशा गर्दछ’ ताइवानको विकासलाई ‘वस्तुनिष्ठ र तर्कसङ्गत रूपमा’ हेर्नुपर्छ र एक चीन सिद्धान्तको पालना गर्नुपर्छ।' 

ब्लिन्केन र वाङबीच गत वर्षको अक्टोबरपछि र गत महिना भएको टेलिफोन वार्तापछि भएको यो पहिलो बैठक हो।

प्रकाशित मिति: १७:२९ बजे, शनिबार, फागुन ५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्