विनोद भण्डारीले बनाए शतक, कर्णालीलाई २८० रनको लक्ष्य
कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा कर्णाली प्रदेशविरुद्ध विनोदनले १३२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै नटआउट १ सय रन बनाए। यसअघि विनोनले मधेश प्रदेशविरुद्ध ११३ रन बनाएका थिए।
काठमाडौं, माघ १४ : विभागीय टिम त्रिभुन आर्मी क्लबका कप्तान विनोद भण्डारीले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा दोस्रो शतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा कर्णाली प्रदेशविरुद्ध विनोदनले १३२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै नटआउट १ सय रन बनाए। यसअघि विनोनले मधेश प्रदेशविरुद्ध ११३ रन बनाएका थिए।
विनोदको शतक मद्दतमा आर्मीले कर्णालीलाई २८० रनको लक्ष्य दिएको छ। आर्मीका लागि विनोदसँगै वासिर अहमदले पनि उत्कृष्ट ब्याटिङ गरे। उनी ९२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ९८ रनमा नटआउट गरे।
विनोद र वासिरले छैठौं विकेटका लागि १६९ रनको उत्कृष्ट साझेदारी गरेका थिए। यी दुईबाहेक भीम सार्कीले २५ र कुशल मल्ले २१ रन बनाए।
कर्णालीका दीपेन्द्र रावतले २ तथा प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले समान १ विकेट लिए।
प्रकाशित मिति: १३:०५ बजे, आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)