यू–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा
शुक्रबार बफेलो पार्कमा भएको खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ।काठमाडौं, माघ १२ : नेपाल दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ। शुक्रबार बफेलो पार्कमा भएको खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ।
जितसँगै नेपाल समूह डीबाट तेस्रो हुँदै नेपाल सुपर सिक्समा पुग्यो। नेपालले सुरुआती दुई खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो। अब नेपालले सुपर सिक्समा नेपालल समूह एको विजेता र उपविजेतासँग खेल्ने छ। सम्भवतः नेपालको प्रतिद्वन्द्वती भारत र बंगलादेश हुनेछन्।
अफगानिस्तानले दिएको १४६ रनको समान्य लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो। थ्रीलर खेलमा नेपाललाई जित दिलाउन कप्तान देव खनालले कप्तानी इनिङ खेले। देवले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन बनाए।
देव तेस्रो विकेटका लागि आकाश त्रिपाठीसँग ९० बलमा ४९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यो नेपालको इनिङको सबैभन्दा ठूलो साझेदारी हो। आकाश ३९ बलमा १६ रन बनाएर आउट भएर यस्तै, देवले दीपक बोहरासँग ५३ बलमा ३६ रनको सझोदरी गरेका थिए।
दीपकले ४२ बलमा ४ चौका प्रहार गर्दै २७ रन बनाए। उनीबाहेक अर्जुन कुमालले १० रन बनाए।
समान्य योगफलमा पनि नेपाललाई दबाबमा राख्ने क्रममा अफगानिस्तानका फरिद्दुन दवादजाइले ३ विकेट लिए। यस्तै, खालिल अहमद र नासिर खानले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तान आकाश चन्दले घातक बलिङ गरेपछि ४१.१ ओभरमा १४५ रनमै अलआउट भयो।
४३ रनमा ६ विकेट गुमाएको अफगानिस्तानका लागिका तल्लोक्रमले राम्रो ब्याटिङ गरेपछि उसले चुनौतीपूर्ण लक्ष्य दियो। उसका फरिद्दुन दवादजाइ र कप्तान नासिर खानले नवौं विकेटका लागि १०३ बलमा ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। फरिद्दुनले ६५ बलमा २९ र नासिरले ८३ बलमा ३१ रन बनाए।
अफगानिस्तानका लागि अल्लाह मोहम्मद घाजनफरले सर्वाधिक ३७ रन बनाए। उनले नासिरसँग सातौं विकेटका लागि ४२ रनको सझोदारी गरेका थिए। यस्तै, हसन इस्खिलले २० रन बनाए।
अफगानिस्तानलाई दबाबमा राख्ने क्रममा आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए। उनले पहिलो पावर प्लेमै ४ विकेट लिएका थिए। यस्तै, दीपेश कँडेलले ८ ओभरमा १७ रन खर्चेर २ विकेट लिँदा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान १ विकेट लिए।