Kathmandu Press

सुदूरपश्चिममा खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई बनाइयाे माओवादी संसदीय दलका नेता

बहुमत प्रदेशसभा सदस्यले संसदीय दलका नेता फेर्ने निर्णय गरेपछि खगराज भट्टकाे ठाउँमा मानबहादुर धामीलाई दलको नेता चयन गरिएकाे हाे।धामी यसअघि प्रमुख सचेतक थिए।
सुदूरपश्चिममा खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई बनाइयाे माओवादी संसदीय दलका नेता

धनगढी, माघ १२ : सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता हटाइएका छन्।

बहुमत प्रदेशसभा सदस्यले संसदीय दलका नेता फेर्ने निर्णय गरेपछि खगराज भट्टकाे ठाउँमा मानबहादुर धामीलाई दलको नेता चयन गरिएकाे हाे।धामी यसअघि प्रमुख सचेतक थिए।

Hardik ivf

उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रबार बसेको बहुमत प्रदेशसभा सदस्यहरुको बैठकले त्यस्ताे निर्णय गरेको हो। दलको नेता परिवर्तन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाइएको बताइएकाे छ।

दलको नेता परिवर्तन गर्न पार्टी केन्द्रलाई आग्रह गरे पनि सुनुवाइ नभएकाले दलको नेता फेरिएको बैठकमा सहभागी एक सांसदले बताए।  सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन् ।

दल नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउद र प्रदेशसभा सदस्य जानकी पौडेल कुँवरलगायत भने बैठकमा अनुपस्थित रहेकाे जनाइएकाे छ।

प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, माघ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्