Kathmandu Press

‘पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सोच छैन’

‘हामी पत्रकारिताको क्षेत्रलाई साइबर कानुन वा अन्य कुनै कानुनको प्रयोग गरेर त्रसित पार्न अथवा दबाब सिर्जना गर्न सरकारमा आएका होइनौँ । यो कुरा स्पष्ट रूपमा बुझ्न आग्रह गर्दछु,’ उनले भने।
‘पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सोच छैन’
फाइल तस्बिर।

काठमाडौं, असार २१ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानुन वा अन्य कुनै पनि बहानामा त्रसित तुल्याउने सरकारको मनशाय नरहेको बताएका छन्।

नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध रहेको बताए।

Hardik ivf

‘हामी पत्रकारिताको क्षेत्रलाई साइबर कानुन वा अन्य कुनै कानुनको प्रयोग गरेर त्रसित पार्न अथवा दबाब सिर्जना गर्न सरकारमा आएका होइनौँ । यो कुरा स्पष्ट रूपमा बुझ्न आग्रह गर्दछु,’ उनले भने, ‘तपाईंहरूले साइबरसँग सम्बन्धित विषयहरू के–के हुन् भन्नेकुरा पनि जानकारीमा राख्नुपर्छ । सरकारले त्यस्ता विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था बन्यो भने त्यो सबैभन्दा राम्रो हुन्छ।’

सरकारले साइबरसँग सम्बन्धित विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था सिर्जना गर्न सञ्चारमाध्यमहरूसँग उनको आग्रह थियो । उनले सञ्चार माध्यमलाई कसरी थप जिम्मेवार र व्यवस्थित बनाउने भन्ने विषयमा ध्यान दिन आग्रह गरे।

पत्रकारिताको क्षेत्रमा गलत ढंगले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्ने कुरामा सरकार जानकार उनको भनाइ छ । पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको सोच, नीति वा उद्देश्य नरहेको उनले बताए ।

‘पत्रकारिताको क्षेत्रमा गलत ढंगले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरा सरकारलाई राम्रोसँग थाहा छ । तर, सरकार विभिन्न पक्षप्रति जवाफदेही हुनुपर्ने बाध्यताका कारण कहिलेकाहीँ केही विषयमा फरक परिस्थिति सिर्जना हुनसक्छ,’ उनले भने, ‘यद्यपि पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य छैन । यो कुरा म स्पष्ट रूपमा भन्न चाहन्छु।’

 

प्रकाशित मिति: १२:१० बजे, आइतबार, असार २१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्