Kathmandu Press

कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

मन्त्रीले कानुनी विवादमा परेका बालबालिकासँग छुट्टै बसेर प्रत्यक्ष संवादसमेत गरेकी थिइन्। गृहका पदाधिकारी र अन्य टोलीका सदस्यहरूलाई समेत बाहिरै राखेर उनले कानुनी विवादमा परेका बालबालिकाको धारणा सुनेकी थिइन्।  
कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

नुवाकोट, असार २१ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन्।

अनुगमनका क्रममा मन्त्री बादीले बाल सुधार गृहमा रहेका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था, मनोसामाजिक परामर्श, सीप विकास तथा समग्र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै बालबालिका, कर्मचारी तथा सम्बन्धित पदाधिकारीसँग अन्तरक्रिया गरेकी हुन्।

Hardik ivf

सो क्रममा मन्त्रीले कानुनी विवादमा परेका बालबालिकासँग छुट्टै बसेर प्रत्यक्ष संवादसमेत गरेकी थिइन्। गृहका पदाधिकारी र अन्य टोलीका सदस्यहरूलाई समेत बाहिरै राखेर उनले कानुनी विवादमा परेका बालबालिकाको धारणा सुनेकी थिइन्।  

उक्त संवादका क्रममा बालबालिकाले आफूहरूलाई प्रदेशगत आधारमा व्यवस्थापन गर्नुपर्ने, विज्ञान तथा प्रविधिको युगअनुसार सूचना प्रविधि, कम्प्युटर तथा विभिन्न सीपमूलक तालिमसँग जोड्नुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए।

त्यसैगरी, उनीहरूले बाल सुधार गृहभित्र नियमित मनोसामाजिक परामर्श सेवा प्रभावकारी बनाउन, पारिवारिक भेटघाटको व्यवस्था सहज र व्यवस्थित बनाउन तथा पुनस्र्थापनामुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए। बालबालिकाले विद्यमान कानुनी व्यवस्थामा समयानुकूल सुधार तथा संशोधन आवश्यक रहेको विषयसमेत मन्त्रीसमक्ष राखेका थिए।

निरीक्षणका क्रममा मन्त्री बादीले बाल सुधार गृहको सञ्चालनमा देखिएका आवश्यकता तथा चुनौतीहरूको समीक्षा गर्दै सुधारगृहसम्म पुग्ने बाटोको स्तरोन्नति, सीप विकास तालिम सञ्चालन, औषधि उपचारका लागि आवश्यक बजेट व्यवस्था, सवारी साधन मर्मत, कर्मचारी व्यवस्थापन, कम्प्युटर ल्याब स्थापना, बैंक खाता सञ्चालन तथा आवश्यक पूर्वाधार सुदृढीकरणलगायत विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन्।

प्रकाशित मिति: १५:०२ बजे, आइतबार, असार २१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्