Kathmandu Press

शेयर बजारमा फेरि विक्रेता हाबी

काठमाडौं, फागुन २९ : नेप्से परिसूचक ४५ दशमलव ९१ अंकले घटेर १३७७ दशमलव १८ को विन्दुमा बन्द भएको छ। 

दोस्रो बजार ३ दशमलव २३ प्रतिशतल....

शेयर बजारमा फेरि विक्रेता हाबी

काठमाडौं, फागुन २९ : नेप्से परिसूचक ४५ दशमलव ९१ अंकले घटेर १३७७ दशमलव १८ को विन्दुमा बन्द भएको छ। 

दोस्रो बजार ३ दशमलव २३ प्रतिशतले घटेको छ। १४२४ दशमलव ६० को विन्दुमा खुलेको दोस्रो बजारको कारोबार १४३० दशमलव ७७ को उच्च विन्दुसम्म रहेको थियो। बिहीबारको न्यून विन्दु १३७४ दशमलव ७७ मा रह्यो।

अघिल्लो दिन प्रायः जसो सबै उपसूचकमा वृद्धि देखिएपनि बिहीबार सबै उपसूचकमा गिरावट आएको छ। सर्वाधिक गिरावट होटल र निर्जीवन बीमा समूहमा रहेको छ। यिनीहरुमा क्रमशः ५ दशमलव ३२ र ५ दशमलव ०१ प्रतिशतले घटेको छ। बैंकिङ्ग समूह भने ३ दशमलव २३ प्रतिशतले घटेको छ।

Hardik ivf

दिनभरमा २ अर्ब २० करोड ६६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यो कारोबार रकम अघिल्लो दिनभन्दा १ करोड ४४ लाख रुपैयाँले कम हो।

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ८२ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
श्री इन्भेष्टमेन्ट फाइनान्सका शेयरधनीहरुले सर्वाधिक २ दशमलव ४८ प्रतिशतले कमाए भने स्वाभिमान लघुवित्तका शेयरधनीले सर्वाधिक १० प्रतिशतले गुमाए।

 

छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिनको विश्लेषणको निष्कर्ष अनुसार बजार सकारात्मक रहेको र अर्को तत्कालीन प्रतिरोध १४३० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १३९५ भन्दा तल स्थिर रहेमा बजार केही नकारात्मक क्षेत्रमा हुन सक्ने देखिन्छ। अर्को तत्कालीन टेवा १३८० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। कारोबारको पहिलो समय बजार १४३० दशमलव ७७ को उच्च विन्दुसम्म पुगेको र त्यसपछि १३९५ को टेवालाई तोडेर बजार १३७७ दशमलव १८ को विन्दुमा बन्द भएको छ।
 
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार हाल बजार घट्दो प्रवृत्तिमा रहेको र १३५० को क्षेत्रमा टेवा प्राप्त गरी बजार बढेको देखिन्छ। आजको बजारले ‘बियरिस मैनबत्ती’को आकृति बनाएको छ। यसले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन बढ्दो प्रवृत्तिमा रहेको बजार बिहीबार घट्दो प्रवृत्तिमा रह्यो। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ।  रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४० दशमलव ६६ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले प्रभावकारी संकेत गरेको देखिँदैन।  

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा  बजार घट्दो प्रवृत्तिमा रहेको र यदि बजार १३७० भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालीन टेवा १३६० को क्षेत्रमा रहेको देखिन्छ। तर यदि बजार १३९० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध १४०० को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १९:०२ बजे, बिहीबार, फागुन २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्