Kathmandu Press

आजदेखि न्युरोडमा पार्किङ गर्न नपाइने

काठमाडौं महानगरपालिकाले महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाउँदै न्युरोड क्षेत्रमा पार्किङ गर्न निषेध गरेको हो।
आजदेखि न्युरोडमा पार्किङ गर्न नपाइने

काठमाडौं, माघ ९ : आजदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नपाइने भएको छ। काठमाडौं महानगरपालिकाले महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाउँदै न्युरोड क्षेत्रमा पार्किङ गर्न निषेध गरेको हो।

महानगरका अनुसार काठमाडौं टावरमा तीन सयवटा चारपांग्रे सवारीसाधन र सात सयवटा दुईपांग्रे सवारीसाधन पार्किङ गर्न सकिनेछ।

Hardik ivf

न्युरोड क्षेत्रमा मंगलबार बिहान पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएका थिए।

न्युरोड क्षेत्रमा पार्किङमा रोक लगाउन लागिएको बारे महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको छ।

यसअघि झोंछे क्षेत्रमा सवारीसाधन पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ ।

प्रकाशित मिति: ११:५३ बजे, मंगलबार, माघ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्