सरकारसँग एमालेका ७५१ बुँदे माग
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर एमाले अध्यक्ष ओली नेतृत्वको टोलीले मागपत्र प्रधानमन्त्रीलाई बुझाएको हो।
काठमाडौं, माघ ९ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारसमक्ष ७५१ बुँदे माग राखेको छ।
एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर एमाले अध्यक्ष ओली नेतृत्वको टोलीले मागपत्र प्रधानमन्त्रीलाई बुझाएको हो।
मागपत्रमा संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझावलाई समावेश गरिएको छ।
ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले ती सुझावहरु दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई ताकेता गर्ने बताएको जानकारी पनि ज्ञवालीले दिए।
ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री दाहालले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै उक्त अभियानले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको बताए।
उनले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
सो अवसरमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकांक्षा र सम्भावना बुझ्न महत्त्वपूर्ण योगदान पुगेको बताउँदै ध्यानाकर्षणपत्र सम्बोधनमा सहयोगका लागि प्रधानमन्त्रीलाई आग्रह गरे।



-1783320892.png)





-1783320892.png)


-1783319570.png)