अवसर नपाएकालाई अवसर, नीति सिद्दान्तमा रहेर काम गरेकालाई सम्मान : सभापति देउवा
समानुपातिक र समावेशी सिद्दान्तका कारण एकैदलको बहुमत नआएकोले गठबन्धन गरेको स्पष्ट पार्दै सभापति देउवाले एक्लै बहुमत आउने अवस्था आए कांग्रेस एकल निर्वाचनमा जाने समेत बताए।
बागलुङ, माघ ८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर पार्टी अवसर नपाएकालाई अवसर दिने र नीति सिद्दान्तमा रहेर काम गरेकालाई सम्मान गर्ने बताएका छन्।
सोमबार नेपाली कांग्रेसको पर्वत जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन्।
सभापति देउवाले एकले अर्कोलाई हराउने प्रतिस्पर्धामा लाग्दा बलियो पार्टी बनाउन नसकिने बताए। सबै मिलेर काम गरेर फेरि पनि कांग्रेस ठूलो दल बन्ने उनले बताए।
समानुपातिक र समावेशी सिद्दान्तका कारण एकैदलको बहुमत नआएकोले गठबन्धन गरेको स्पष्ट पार्दै सभापति देउवाले एक्लै बहुमत आउने अवस्था आए कांग्रेस एकल निर्वाचनमा जाने समेत बताए।
सभापति देउवाले राष्ट्रियसभामा पनि आफ्नो दलकै बहुमत सदस्य लिएर गठबन्धनमा गएकोले कार्यकर्ताले बिरोध गर्नु नपर्ने बताए। उनले भने, ‘‘चुनौतीहरु सामना गरेर जानुपर्छ, त्यसैले कांग्रेसले गठबन्धन गरेको हो। ‘राष्ट्रका कतिपय चुनौती मिलेर समाधान गर्नुपर्छ।’
सबैले टिकट नपाउने भन्दै टिकट पाएकाले नपाएकालाई साथमा हिडाउनुपर्ने बताए। उनले टिकट बितरणमा उचित मूल्यांकनको आधार बनाउने समेत प्रतिबद्दता जनाए।



-1783320892.png)





-1783320892.png)


-1783319570.png)