सहकारीबाट रकम लिएको भए जुनसुकै सजाय भोग्न तयार छु : सभापति लामिछाने
‘एकदिन समय माग्दा पनि उहाँहरूले दिनुभएन। मिस लिड भयो । त्यो रकम मेरो खातामा आएको पनि होइन, गएको पनि होइन। सम्बद्ध बैंकले पनि स्पष्ट पारिसकेको छ । कसैले बदमासी गरेको पनि हुनसक्छ।’
काठमाडौं, माघ ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख लिएको भन्दै मिडियाले गलत ढंगले आफुविरुद्ध प्रहार गरेका बताएका छन्। सहकारीबाट उक्त रकम आफ्नो खातामा आएको भए जुनसुकै कारवाही भोग्न पनि आफु तयार रहेको भनाई लामिछानेको छ ।
साेमबार गरिएकाे पत्रकार सम्मेलनमा उनले आफूलाई जबरजस्त सहकारी ठग बनाउन खोजिएको पनि बताए । उनले कुनै पनि निकायले आफ्नो बैंक खाता हेर्न चुनौती समेत दिए ।‘सम्पत्ति सुद्धीकरण, प्रहरीले हेर्न मिल्छ। यो रकम आएको भए म जुनसुकै सजाय भोग्न तयार छु’, लामछानेले भने।
उनले मिडियाले ‘मिस लिड’ गरेको पनि बताए। पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘एकदिन समय माग्दा पनि उहाँहरूले दिनुभएन। मिस लिड भयो । त्यो रकम मेरो खातामा आएको पनि होइन, गएको पनि होइन। सम्बद्ध बैंकले पनि स्पष्ट पारिसकेको छ । कसैले बदमासी गरेको पनि हुनसक्छ।’
उनले प्राइम बैंकबाट ग्लोबल आईएमई बैंकमा रहेको लामिछानेको खातामा सहकारीबाट गएको भनिएको एक करोड ८० लाख रुपैयाँ जम्मा भएको विषयमा पत्रकार सम्मेलनमार्फत प्रश्टीकरण दिएका हुन् ।
मेरो खातामा एक करोड ८० लाख आयो भनिएको छ । यो कुराको पुष्टि हुने आधार छैन,’ लामिछानेले भने। ग्लोबल आईएमई बैंकबाट आफ्नो खातामा त्यो परिमाणको चेक रकम जम्मा नभएको पत्र बैंकले नै दिएको उनले बताए।
‘बैंकले मेरो खातामा त्यस परिमाणको रकम चेकमार्फत जम्मा नभएको पत्र दिएको छ’, लामिछानेले भने, ‘बैंकबाटै पत्र आइसकेपछि मैले थप प्रष्टीकरण दिइरहनु परेन। बैंकले नै जम्मा नभएको भनिसकेपछि मेरो खातामा रकम आउँदा घण्टी बज्दा थाहा पाएन भनेर प्रश्न गर्नै परेन।’



-1783320892.png)





-1783320892.png)


-1783319570.png)