Kathmandu Press

अयोध्यामा उत्वस, नेपालमा उल्लास [फोटोफिचर]

अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेस प्रदेशको राजधानी भगवान् रामको ससुराली जनकपुरधामसहित मधेसका अधिकांश मठमन्दिर रङरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम र हनुमान अङ्कित झन्डा झुन्ड्याइएका छन्।
अयोध्यामा उत्वस, नेपालमा उल्लास [फोटोफिचर]

धनुषा, माघ ८ : मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँच सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा मधेससहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ।

आज  भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा दिइने चर्चा विषय बनेको छ। यति खेर जताततै चर्चाको प्रमुख विषय नै राम मन्दिरको उद्घाटन बनेको छ।

अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेस प्रदेशको राजधानी भगवान् रामको ससुराली जनकपुरधामसहित मधेसका अधिकांश मठमन्दिर रङरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम र हनुमान अङ्कित झन्डा झुन्ड्याइएका छन्।

Hardik ivf

AY_Godar-JanakimandirDIp-Janakpur-1705924336.jpg

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरकोतर्फबाट चाँदीका धनुष वाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूलसहित एक हजारभन्दा बढी भार अयोध्या पठाइसकेको छ भने आज साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ।

राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती गरिने तयारी गरिएको जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र साहले जानकारी गराए। साथै आज उत्सवका रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरिएको छ।

 राम मन्दिरको उद्घाटनका दिन दुवै मुलुकका लागि विशेष भएकाले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन सबैमा आग्रह गरिएको छ। त्रेता युगमै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको र सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाएकाबेला नेपाल पनि उल्लासमय बनेको बताइएको छ।

CDS_Janakpurdham-1705924338.jpg

‘त्रेतायुगमा राम र सीताको वैवाहिक सम्बन्धले दुई देशलाई एक सूत्रमा बाँधेको छ, जसको उदाहरण रामललाको प्राण प्रतिष्ठाको अवसर हो,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशणदास वैष्णव भन्छन्, ‘भगवान् रामको मन्दिर अयोध्यामा पाँच सय वर्षपछि निर्माण हुनु र रामललाको प्रतिमाले प्राण प्रतिष्ठा पाउनु सबै सनातनी हिन्दू धर्मावलम्बीका लागि गौरवको कुरा हो र यस अवसरमा जति धेरै उत्सव मनाइन्छ त्यो कम नै हुन्छ।’

जनकपुरधाम उपमहानगरपालिकाले पनि भगवान् रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दू धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिकाभित्र माछा, मासु, मदिरा बिक्रीवितरण नगर्न सबैमा अपिल गरेको छ।

KDN_Dang-DSC_5434-1705924340.jpg

सयौँ वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसियालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेस प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। रासस

NG_Sunsari-DSC_8783-1705924339.jpg

NG_Sunsari-_20240122_140246-1705924337.jpg

AY-Godar-JanakiMandir-DipJanakpur(1)-1705924336.jpg

RSB_Birahawa-IMG_5476-1705924335.jpg

NG_Sunsari-DSC_8781-1705924340.jpg

BM-Parsa-1705924333.jpg

AY-Rajbiraj-IMG_20240122_152307-1705924333.jpg

प्रकाशित मिति: १७:३८ बजे, सोमबार, माघ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्