अयोध्यामा रामको प्राण प्रतिष्ठा सम्पन्न
‘रामलला अब टेन्टमा रहने छैनन्, दिव्य मन्दिरमा रहने छन्,’ प्राण प्रतिष्ठा कार्यक्रमपछि आयोजित समरोहमा उनले भने, ‘अहिलेको यो क्षण अलौकिक र पवित्र छ।’
काठमाडौं, माघ ८ : बहुप्रतिक्षित अयोध्याको राम मन्दिरमा विधिवत् मूर्तिको प्राण प्रतिष्ठा भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूजाआजा गरेर रामको मूर्तिको प्राण प्रतिष्ठा गरेका हुन्।
प्राण प्रतिष्ठा पछि मोदीले २२ जनवरी २०२४ क्यालेन्डरमा लेखिने सामान्य तिथि नभएर यो, कालचक्रलाई बदलेको दिनका रुपमा याद गरिने बताए । उनले आजको दिनलाई हजारौं हजार वर्षसम्म पढिने र स्मरण गरिने बताएका छन्। उनले सयौं वर्षको प्रतिक्षा, धैर्य, अनगिन्ती त्याग र तपस्यापछि टेन्टबाट दिव्य मन्दिरमा रामललाको बास भएको बताए ।
‘रामलला अब टेन्टमा रहने छैनन्, दिव्य मन्दिरमा रहने छन्,’ प्राण प्रतिष्ठा कार्यक्रमपछि आयोजित समरोहमा उनले भने, ‘अहिलेको यो क्षण अलौकिक र पवित्र छ।’
उनले भूमि पूजन पछि नै सम्पूर्ण रामभक्तमा उत्साह बढाएको र मन्दिर निर्माणसँगै विश्वास बढाउँदै लगेको बताउँदै प्राण प्रतिष्ठा पछि सबैमा खुसी छाएको र पूरा देशले दीपावली मनाउने बताए। उनले न्यायको प्राय भगवान रामको मन्दिर पनि न्यायोचित तरिकाबाटै बनेको बताए ।
मोदीले भारतको न्यायपालिकाप्रति आभार समेत प्रकट गरे । उनले रामको मन्दिरलाई शान्ति, आपसी सद्भाव र समन्वयको प्रतिक भनेका छन् । रामको मन्दिर निर्माणका कारण देशमा आगो लाग्ने केहीको विचार पूर्ण रुपमा निरस्त भएको उनको भनाइ थियो।
प्रधानमन्त्री मोदीले ५ अगस्त २०२० मा मन्दिरको शिल्यानास गरेका थिए । मन्दिरको गर्भ गृह र पहिल्लो तल्लाको निर्माण पूरा भएपछि रामको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ।
रामको बालरुपको मूर्ति मन्दिरमा राखिएको छ। ७० एकड क्षेत्रमा निर्माण हुँदै गरेको राम मन्दिर परियोजना सम्पन्न हुँदासम्म २ हजार करोड रुपैयाँको लागत अनुमान गरिएको छ।
अगामी वर्ष २०२५ सम्म मन्दिरको सबै कार्य पूरा हुने लक्ष्य राखिएको छ।



-1783320892.png)





-1783320892.png)


-1783319570.png)