राष्ट्रिय गौरवका आयोजनाको समय र लागतमा गम्भीर बन्न प्रधानमन्त्रीको निर्देशन
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) को सोमबार अनुगमन गर्दै उनले कार्यशैली बदलेर विकास र जनसेवाका काममा केन्द्रित हुन आयोजना प्रमुखहरूलाई निर्देशनसमेत दिए।
काठमाडौं, माघ ८ : प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न कार्यशैली बदल्नुपर्ने बताएका छन्। आयोजनाको समय लम्बिँदै जाँदा लागत बढ्दै जाने भएकाले यसतर्फ गम्भीर हुनुपर्ने प्रधानमन्त्रीले बताएका छन्।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) को सोमबार अनुगमन गर्दै उनले कार्यशैली बदलेर विकास र जनसेवाका काममा केन्द्रित हुन आयोजना प्रमुखहरूलाई निर्देशनसमेत दिए।
‘हरेक आयोजनामा सुरूको लागत स्टिमेट जस्तो छ, त्यसरी नै काम सम्पन्न गर्ने सोच्नुपर्छ। समयमा काम नसक्ने, अनि पटकपटक समय र लागत बढाउने काम गर्नु हुँदैन,’ अनुगमनपछि निर्देशन दिँदै प्रधानमन्त्री दाहालले भने, ‘सुरूमै आयोजनाको लागत निकालेपछि पटकपटक समय र दायित्व थप्ने कुराले हाम्रो प्रशासनिक नियत र सामर्थ्यमा नै प्रश्न उठ्छ। त्यसले देशको अर्थतन्त्र र समृद्धिमा गम्भीर असर पार्छ।’
प्रधानमन्त्रीले कार्यशैली बदलेर जवाफदेहिता बढाउनुपर्ने खाँचो पनि औंल्याए। मुख्यसचिव बैकुण्ठ अर्यालले आयोजना निर्माणको क्रममा फिल्डमा देखिने समस्या आयोजना प्रमुखहरूले नै समाधान निकाल्नुपर्ने बताए।
अनुगमनका क्रममा महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) का आयोजना निर्देशक कुशाङ्ग शेर्पाले आयोजनाको अवस्था, प्रगति विवरण र समस्याहरूबारे ब्रिफिङ गरेका थिए। शेर्पाले स्रोतको व्यवस्थापन र मुआब्जामा देखिएको वित्तीय चुनौती सम्बोधनका लागि सरकारसँग आग्रह गरे।



-1783320892.png)





-1783320892.png)


-1783319570.png)