राजविराजमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप, मन्त्री यादव र सांसद सिंह घाइते
झडपमा मधेश प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादव र प्रदेश सांसद सतिश सिंह सामान्य घाइते भएका छन्। सिंहकै नेतृत्वमा जनमत पार्टीका कार्यकर्ता सिलान्यसस्थल पुगेका थिए।
सप्तरी, माघ ८ : राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यासका क्रममा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
विश्वविद्यालयको सिलायान्समा जसपा अध्यक्ष उपेन्द्र यादव आउने भएपछि जनमत पार्टीले विरोध गरेको थियो। जनमत पार्टीले सिलान्यासको कार्यक्रम रोक्न पनि गृहमन्त्रालयलाई अग्राह गरेको थियो।
सिलान्यासका क्रममा जमनतका कार्यकर्ता विरोध प्रदर्शन गर्दै उपेन्द्र यादवको विरोधमा ब्यानर देखाएपछि प्रहरी र जनमतका कार्यकर्ताबीच झडप भएको हो।

झडपमा प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादव र प्रदेश सांसद सतिश सिंह सामान्य घाइते भएका छन्। सिंहकै नेतृत्वमा जनमत पार्टीका कार्यकर्ता सिलान्यसस्थल पुगेका थिए।
जनमतका कार्यकर्ताले ‘सप्तरी जनताको विरोधका बाबजुद गैरकानुनी गैरवैधानिक कार्यक्रममा प्रमुख अतिथि बन्न सप्तरीको जनताको नरसंहार नै गर्न मरिहत्ते गर्नुभएका माननीय उपेन्द्र यादवज्यूलाई जनमत पार्टीको तर्फबाट हार्दिक स्वागत गर्दछौं हामी सप्तरीको शान्ति र सुरक्षाका लागि बाँधिएका छौं,’ लेखिएको ब्यानर देखाएका थिए।
विरोधका बीच जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोज यादवले मधेश कृषि विश्वविद्यालयको शिलान्यास गरेका छन्।
जनमतका कार्यकर्ताले अध्यक्ष सिके राउतलाई प्रमुख अतिथि बनाउनुपर्ने माग गरे पनि उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेपछि विवाद उत्पन्न भएको हो ।











-1783320892.png)
