Kathmandu Press

काठमाडौं महानगरमा व्यवसायीको धर्ना

उनीहरुले निर्वाध रुपमा आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राखेका छन्। त्यस्तै उनीहरुले यसअघि महानगरसंग भएको चार बुँदे सहमति कार्यान्वयन गर्न महानगरसमक्ष आग्रह गरेका छन्।
काठमाडौं महानगरमा व्यवसायीको धर्ना

काठमाडौं, माघ ८ : काठमाडौं महानगरको कार्यालयमा सडक व्यवसायीहरुले धर्ना दिएका छन्।

पछिल्लो समय व्यवसायीहरुमाथि महानगरले अत्याचार गरेको भन्दै बिभिन्न संघसंगठनको अगुवाईमा उनीहरुले काठमाडौं महानगर कार्यालयबाहिर धर्ना दिएका हुन्।

Hardik ivf

उनीहरुले निर्वाध रुपमा आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राखेका छन्। त्यस्तै उनीहरुले यसअघि महानगरसंग भएको चार बुँदे सहमति कार्यान्वयन गर्न महानगरसमक्ष आग्रह गरेका छन्।

साँझ ८ बजेको समयमा आफ्नो जीवन निर्वाह गर्नका लागि सडकको पेटीछेउमा सामान बिक्रि गर्न खोज्दा नगर प्रहरीले गुण्डागर्दी शैदीमा धरपकट गरेको उनीहरुले बताएका छन्।

महानगरले साना व्यवसायीहरुको पूँजी समाप्त गर्ने गरि दमन गरेको भन्दै आन्दोलन गर्नुपरेको जनाएका छन्।

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, माघ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्