Kathmandu Press

पहिचान पक्षधरसँग वार्ता गर्ने कोशी सरकारको तयारी

सरकारी वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुले पहिचान पक्षधरसँग औपचारिक छलफलको प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिए।
पहिचान पक्षधरसँग वार्ता गर्ने कोशी सरकारको तयारी

मोरङ, माघ ८ : कोशी प्रदेश सरकारले प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधरसँग वार्ता प्रक्रिया अघि बढाउने भएको छ।

प्रदेश सरकारले वार्ताका लागि गठन गरेको समितिले पहिचान पक्षधरसँग वार्ता गर्ने तयारी गरेको हो।

Hardik ivf

सरकारी वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुले पहिचान पक्षधरसँग औपचारिक छलफलको प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिए।

सोमबार बस्ने समितिको बैठकले पहिचान पक्षधरसँग के–कस्ता विषयमा कसरी छलफल गर्ने भन्ने विषय टुंगो लगाउने उनले बताए। बैठकपछि आन्दोलनरत समूहलाई वार्ताका लागि औपचारिक रुपमा आह्वान गरिने भएको छ।

पहिचान पक्षधरले उठाएका विषयलाई सम्भव भएसम्म सम्बोधन हुनेगरी छलफल प्रक्रिया अघि बढाइने बताउँदै जवेगुले प्रदेश नामकरणको विषयलाई शान्तिपूर्ण रुपमा सहमतिको वातावरण बनाउने प्रयास गरिने उल्लेख गरे।

सरकारको नीतिभित्र रहेर सकेसम्म समन्वय गरी छलफल गरिने भएको छ। गत शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको थियो।

जवेगुको नेतृत्वमा रहेको वार्ता समितिको सदस्यमा मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन्।

 

प्रकाशित मिति: १५:१७ बजे, सोमबार, माघ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्