Kathmandu Press

बुटवलमा मोटर पार्ट्सको गोदाममा

बुटवल–९ कालिकास्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्टसको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।
बुटवलमा मोटर पार्ट्सको गोदाममा
फाइल तस्बिर।

रुपन्देही, माघ ८ : बुटवलमा रहेको एक मोटर पार्ट्सको गोदाममा सोमबार आगलागी भएको छ।

बुटवल–९ कालिकास्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्टसको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।

भुमी सापकोटाले संचालन गरेको मोटर पार्ट्सको गोदाममा सोमबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार करिब डेढ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको छ। आगो निभाउन ६ वटा दमकल प्रयोग भएको थियो।

प्रकाशित मिति: १५:०७ बजे, सोमबार, माघ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्