Kathmandu Press

एसईई चैत १५ देखि, यस्तो छ तालिका

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सोमबार सार्वजनिक गरेकाे तालिका अनुसार एसईर्ए चैत २७ गतेसम्म चल्नेछ।
एसईई चैत १५ देखि, यस्तो छ तालिका

काठमाडौं, माघ ८ : यस वर्षको एसईई परीक्षा चैत १५ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सोमबार सार्वजनिक गरेकाे तालिका अनुसार एसईर्ए चैत २७ गतेसम्म चल्नेछ।

Hardik ivf

तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन नेपाली, चौथो दिन गणित र छैटौं दिन विज्ञान विषयको परीक्षा सञ्चालन हुने कार्यालयले जनाएको छ।

यसपटक एसईईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरिरहेका छन्। यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली लागू हुँदैछ। जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी)मा पर्नेछन् ।

दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडिवृद्धि परीक्षा दिन पाउनेछन्। दुईभन्दा बढी एनजी आए अर्को वर्ष ती विषयको परीक्षा दिनुपर्नेछ।

बोर्डका अनुसार यो वर्ष एसईईमा ४ लाख ८९ हजार परीक्षार्थीले सहभागी हुनेछन्।

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, माघ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्