Kathmandu Press

राष्ट्रियसभा निर्वाचनमा कोशीमा एमाले र राप्रपाबीच चुनावी तालमेल

दुई दलको सहमतिअनुसार एमालेले राष्ट्रियसभा सदस्यको ‘अन्य’ पदमा राप्रपाका उद्धव पौडेललाई सघाउने र राप्रपाले महिला पदमा एमालेकी रुक्मिणी कोइरालाका पक्षमा मतदान गर्ने भनिएको छ।
राष्ट्रियसभा निर्वाचनमा कोशीमा एमाले र राप्रपाबीच चुनावी तालमेल
Hardik ivf

काठमाडौं, माघ ८ : राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल हुने भएको छ।

एमाले र राप्रपाविच तालमेलको सैद्धान्तिक सहमति भएको जनाइएको छ। दुई दलको सहमतिअनुसार एमालेले राष्ट्रियसभा सदस्यको ‘अन्य’ पदमा राप्रपाका उद्धव पौडेललाई सघाउने र राप्रपाले महिला पदमा एमालेकी रुक्मिणी कोइरालाका पक्षमा मतदान गर्ने भनिएको छ।

एमालेले ‘अन्य’ तर्फ पर्शुराम अधिकारीलाई उमेदवार बनाएको थियो। अधिकारी उमेदवार रहेपनि राप्रपाका पौडेललाई सघाउने समझदारी बनेको छ। यही माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ।

प्रकाशित मिति: १४:४७ बजे, सोमबार, माघ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्