Kathmandu Press

नक्कली शैक्षिक प्रमाणपत्रको आशंकामा डाक्टर भट्टाचार्य पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयले भट्टाचार्यलाई सोमबार बसुन्धराबाट पक्राउ गरेको हो। भट्टाचार्य धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ परेका हुन्।
नक्कली शैक्षिक प्रमाणपत्रको आशंकामा डाक्टर भट्टाचार्य पक्राउ

काठमाडौं, माघ ८ : नक्कली शैक्षिक प्रमाणपत्रको आशंकामा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले भट्टाचार्यलाई सोमबार बसुन्धराबाट पक्राउ गरेको हो। भट्टाचार्य धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ परेका हुन्।

Hardik ivf

प्रहरीले उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र समेत बरामद गरेको छ।

भट्टाचार्यले भारतबाट एमबीबीएस उतीर्ण गरेको भन्दै नक्कली प्रमाणपत्र पेस गरेको र त्यही नक्कली प्रमाणपत्रका आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको भन्ने उजुरीका आधारमा उनी समातिएका हुन्।

प्रकाशित मिति: १४:०२ बजे, सोमबार, माघ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्