Kathmandu Press

‘सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगरे कारबाही हुनुपर्छ’

सहकारीपीडितको समस्या राज्यले समाधान गर्नुपर्ने विषय बाहिर आएको सन्दर्भ जोड्दै राणाले राज्यबाट सबै पीडितको समस्या समाधान गर्न संभव नहुने भएकाले ठगी गर्नेहरूबाट रकम फिर्ता गराउनुपर्ने बताइन्।
‘सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगरे कारबाही हुनुपर्छ’

काठमाडौं, माघ ८ : प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणाले सहकारी ठगी गर्ने समूहलाई बचतकर्ताको रकम फिर्ता गर्न लगाउने र नगरे कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएकी छन्।

आइतबार समितिको बैठकमा कांग्रेस नेतृ समेत रहेकी राणाले सहकारीको रकम ठगी गर्नेले नै पीडितको समस्या समाधान गर्नुपर्ने बताइन्।

Hardik ivf

सहकारीपीडितको समस्या राज्यले समाधान गर्नुपर्ने विषय बाहिर आएको सन्दर्भ जोड्दै राणाले राज्यबाट सबै पीडितको समस्या समाधान गर्न संभव नहुने भएकाले ठगी गर्नेहरूबाट रकम फिर्ता गराउनुपर्ने बताइन्। अन्यथा कानुनी कारवाही गरिनुपर्ने उनको भनाई थियो। उनले सहकारीमा भएका ठगी रोक्न कानुन सच्याउनुपर्ने आवश्यकता रहेको समेत बताइन्।

सभापति राणाले सहकारीको समस्या समाधान गर्न नीतिगत सुधारका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षणपत्र लेखिने पनि बताइन्। प्रधानमन्त्रीको तहबाट नै सहकारी समस्या समाधानको उपाय निकाल्नुपर्ने आवस्यकता पनि उनले औंल्याइन्।

‘सहकारीपीडितको समस्या राज्यले समाधान गर्नुपर्ने विषय बाहिर आएको छ । सहकारी समस्याको समाधान सरकारले दिने भन्दा पनि जसले ठगेको छ, त्यही समूहले सहकारी बचतकर्ताको रकम फिर्ता गरेर समाधान दिनुपर्छ,’ उनले भनिन्, ‘सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षणपत्र लेख्नुपर्छ। त्यहाँबाट नै सहकारी समस्या समाधानको उपाय निकाल्न सक्छन्। सहकारी ठगी र रकम हिनामिना मानिसहरूको जीवनसँग जोडिएको छ।’

प्रकाशित मिति: १३:३८ बजे, सोमबार, माघ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्