आज राति १२ बजेदेखि राष्ट्रिय सभा निर्वाचनको मौन अवधि
आयोगका अनुसार यस अवधिमा कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठी गर्न, उमेदवारका पक्ष÷विपक्षमा प्रचार गर्न पाइँदैन।
काठमाडौं, माघ ८ : राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सोमबार राति १२ बजेदेखि लागु हुने भएको छ।
आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार यस अवधिमा कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठी गर्न, उमेदवारका पक्ष÷विपक्षमा प्रचार गर्न पाइँदैन।
राष्ट्रियसभाको रिक्त १९ पदका निम्ति यही माघ ११ गते निर्वाचन हुँदै छ । निर्वाचन बिहान ९ देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ।
प्रकाशित मिति: १२:५६ बजे, सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1783320892.png)
