पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति उच्च अदालतले रोक्यो
उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति रोक्ने अन्तरिम आदेश दिएको हो।
काठमाडौं, माघ ८ : पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले रोकिदिएको छ।
उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति रोक्ने अन्तरिम आदेश दिएको हो। आदेशमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ।
गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध कोषकै भरत मरासिनीले पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको भन्दै पुस २९ गते उच्च अदालतमा रिट हालेका थिए।
प्रकाशित मिति: १२:२७ बजे, सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1783320892.png)
