पत्रकार सम्मेलन गर्दै रवि लामिछाने
लामिछानेले फेसबुकमा स्टाटस लेख्दै उनले ‘भ्याएसम्म आजै साँझ’ पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन्।
काठमाडौं, माघ ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज साँझ पत्रकार सम्मेलन गर्ने भएका छन्।
पछिल्लो समय लामिछान विभिन्न विवादमा तानिएका छन्। सोही विषयमा स्पष्टीकरण दिन उनले पत्रकार सम्मेलन गर्न लागेका हुन्। लामिछानेले फेसबुकमा स्टाटस लेख्दै उनले ‘भ्याएसम्म आजै साँझ’ पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन्।
‘गाली गर्न कोही छुट्नु भो कि रु छुट्नु भएको भए गरिहालौँ है । मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोही ‘स्लिप’ हुनैपर्दैन,’ उनले लेखेका छन्, ‘बाँकी भ्याएसम्म आजै९सोमबार०साँझ प्रेस मिटको तयारी गर्दै छु । सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।’
प्रकाशित मिति: १२:०२ बजे, सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1783320892.png)
