Kathmandu Press

कटन क्याण्डीमा अखाद्य रंग प्रयोग भएको भन्दै नखान सरकारको आग्रह

खुल्ला रुपमा बिक्री वितरण भइरहेको रंगिन कटन क्याण्डी मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रंग रोडामाइन बी प्रयोग भएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नखान सर्वासाधारणलाई आग्रह गरेको हो।
कटन क्याण्डीमा अखाद्य रंग प्रयोग भएको भन्दै नखान सरकारको आग्रह

काठमाडौं, माघ ८ : कटन क्याण्डीमा अखाद्य रंग प्रयोग भएको भन्दै नखान सरकारले सबैलाई आग्रह गरेको छ।

खुल्ला रुपमा बिक्री वितरण भइरहेको रंगिन कटन क्याण्डी मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रंग रोडामाइन बी प्रयोग भएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नखान सर्वासाधारणलाई आग्रह गरेको हो।

Hardik ivf

विभागको प्रयोगशालामा कटन क्याण्डीको नमूना परीक्षण गर्दा हानीकारक रंग रोडामाइन बी प्रयोग भएको पाइएपछि विभागले सूचना जारी खुल्ला रुपमा बिक्री वितरण गरिएको कटन क्याण्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरुलाई समेत नदिन अनुरोध गरेको छ।

अखाद्य रंगको प्रयोग गरी कटन क्याण्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन पनि विभागले भनेको छ। यदि यो निर्देशनको पालना नभएमा खाद्य ऐन नियम बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ।

रोडामाइन बी एक केमिकलको सेवनले कलेजो र मिर्गौलाको क्यान्सरको जोखिम हुन्छ।

प्रकाशित मिति: ११:२५ बजे, सोमबार, माघ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्