Kathmandu Press

पहिचान पक्षधरलाई घरमै बोलाएर शेखरले गरे छलफल

‘म तपाईँहरुसँग छु, तपाईँहरुले उठाएको मागमा पोजेटिभ छु, मैले बोली पनि राखेको छु,’ उनले भने, ‘संविधान बनाउँदादेखि नै बोलिरहेको छु।’
पहिचान पक्षधरलाई घरमै बोलाएर शेखरले गरे छलफल

मोरङ, माघ ७ : नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पहिचान पक्षधरसँग आइतबार विराटनगरस्थित आफ्नै घरमा बोलाएर छलफल गरेका छन्।

प्रदेशको नाम कोशी राखेकोमा असन्तुष्ट भएर आन्दोलन गरिरहेका पहिचान पक्षधरसँग छलफल गर्र्दै उनले पहिचानवादीको मागमा आफू सकारात्मक रहेको बताए। उनले माग पूरा गर्न समन्वयन गर्ने पनि बताए ।

Hardik ivf

‘म तपाईँहरुसँग छु, तपाईँहरुले उठाएको मागमा पोजेटिभ छु, मैले बोली पनि राखेको छु,’ उनले भने, ‘संविधान बनाउँदादेखि नै बोलिरहेको छु।’

नामको विषयमा चलिरहेको आन्दोलन संवेदनशील रहेको बताउँदै उनले अन्य प्रदेशमा पनि असर पर्न सक्ने भएका कारण नेताहरुमा चिन्ता रहेको बताए।

नामसँगसँगै पहिचानका अन्य मुद्दालाई पनि अघि बढाउन पहिचानवादी नेतालाई उनले आग्रह गरे। ‘खाली नामले मात्रै भोलिका दिनमा चित्त बुझ्ने होइन, यो समष्टीगतमा कसरी अगाडि बढाउनुहुन्छ त्यो महत्वपूर्ण हो,’ उनले भने। नामसँगै भाषा र संस्कृतिकलाई पनि अघि बढाउन उनले आग्रह गरे।

नेपाली कांग्रेस र सत्तापक्षले चाहेर मात्रै समस्या सामधान नहुने बताउँदै कोइरालाले एमालेसँग पनि सहकार्य गर्नुपर्ने बताए। उनले भने, ‘अहिले वार्ता समिति बनेको छ, समितिले वार्ता गर्छ नै मुख्यमन्त्रीसँग पनि वार्ता गर्नुहोस्, उहाँ पनि पोजेटिभ हुनुहुन्छ।’

प्रकाशित मिति: १८:३८ बजे, आइतबार, माघ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्